देउवाजीको भाषण र प्रश्नोत्तर सुन्न पाईयो। आरजुजीले पनि आफ्नो मन्त्ब्य राख्नुभो। उँहाहरुका कुरा सुनेर लागेका मेरा ब्यक्तिगत धारणा र टिपोट:
-नेपालीको दुर्भाग्य भनौ देउवा तीन पल्ट प्र. म. बने। न त सुधरिने संभावना छ, न त उँहाले
चेतेको जस्तो छ।
-देउवाले भने, "by temparament and character, this king is not a democrat..." किन यत्रो समय लाग्यो यति बुझ्न? राजा र प्रजातत्रँ सगँसगै जाने कुरै छैन। इतिहासले देखाइसकेको छ। तु. गिरीले पनि यही कुरा दोहोर्याएका छन। तर पनि भोलि राजाले प्र.म. खान दिए चाटेर लिनेछन।
-आफ्नो प्रधानमँत्रित्वकालमा बिशेष के के योगदान गरे र अबको रोडम्याप के हो भन्ने कुरामा
देउवाले असक्षमता र असमर्थताका साथै अनभिज्ञता पनि प्रकट गरे।
अरु के लेखम? यस्ता नेताले हामीलाई खाडलमा मात्र हालने हो।
-देउवा आफैआफ नालायक र हाँसोको पात्र भएर जाने तर यसमा
देउवा प्र.म. हुनमा काँग्रेसमा गिरीजाको नातावादी र भ्रष्टचारी नेतृत्व धेरै हदसम्म
जिम्मेवारी छ।
-आरजुले फेरि आफुलाई जुदृ शमसेरको नातिनी र सभ्रान्त परिवारको भएको याद दिलाए। ती
लाइनहरु उहाँका बिशेष गरेर बिदेशीहरुसगँ कुरा गर्रदा ऊनीहरुलाई मक्ख पार्रन बराबर दोहोराईने
वाक्यहरु जस्ता थिए।
-बिदेशीहरुले नेपालीहरुमाथि शोध गरेर नेपालीहरुलाई शोध, शैक्षिक र पर्यटनको बिषयहरुमा
सीमित राख्थे; अब यो हुनेखाने नेपालीहरुले पनि अपनाएका छन।
-भ्रष्टचारका कुरामा देउवा चुप छन। कसरी उहाले नारायणथानमा दरवार बनाए। अमेरिकामा
सपरिवार कुन पैसामा आए। जनताका सेवा गर्रने भन्नेले यी सब प्रश्नको जवाफ प्रष्टसगँ
राख्नपर्यो।
-तपाई दुवै नेपाली महिला र बालबालिकाको हित र स्वास्थ्यको चिन्ता राख्ने भए
किन त्यतिका महिला र बालबालिकाहरु औषधिउपचार नपाई मरिरहेका छन,
दुख भोगिरहेका छन? बिदेशीहरुसगँ हात फैलाएर पैसा लिइ काम भइरहेका छन
भने अर्कातिर सभ्रान्त परिवारका र पाचँतारे होटलाका मालिक हेलेन शाहलाई
औषधिउपचार गर्न किन सरकारी खर्चबाट तीस लाख रुपिया दिनुभयो
तपाई प्र.म. भएका बेलामा??? किन??
-माओवादी, राजावादी, खाओवादी, एमाले होमाले र सात दलले पनि केही गर्ला भन्ने
आशा कमै राखे हुन्छ।
-देउवाजीलाई एउटा सुझाव के भने उँहा फेरि देशको नेतृत्व गर्ने इच्छा भए
जनतामुखी हुनपर्यो। राणाजीहरुको चालखेलमा चलनुभएन। चँखे बाहुनहरुको जालझेलमा
नपरी देशको सोझा जनताको दुखमर्का बुझिदिनपर्यो। (सबै बाहुनहरु चँखे र चालवाजी छैनन, सोझा र सेवी पनि छन)
-आफ्नो सम्पुर्ण सम्पति सार्वजनिक गर्नपर्यो। यो नै गिरिजा र माकुनेलाई ठुलो चुनौती हुनेछ।
माओवादीका जनमुखी र जायज कार्यक्रमहरुलाई आफनो दलको घोषणा पत्रमा हालिदिए माओवादी प्रतिको आकर्षण र समर्थन विस्तारै घटेर जानेछ।
-सँबैधानिक सभाका लागि तपाईले समर्थन गर्रनुभो। त्यसमा चाँहि तपाईले राजासँगको रिसले
होईन दुरदर्शिता साथ साँचो समर्थन गर्नुभएको होला भन्ने लाग्यो।
-तर तपाईले आफ्नो मुल धारणा र कार्यसम्पादन अनि प्रस्तुतिमा आमुल परिवर्तन नगरे तपाईलाई ईतिहासमा सदैव असक्षम भु.पु. प्र. म. भनेर मात्र चिनिनेछन जसले तीन पल्ट प्र.म. हुँदा पनि केहि गरेनन जनताको निम्ति।
लढनोस साँचो गणतत्रका लागि - तपाईका साथ दिनेछौ। लढनोस समावेशी प्रजातत्रका लागि,
तपाईका साथ छौ।