From NEPAL
http://www.kantipuronline.com/Nepal/haminepali.php
राजतन्त्रलाई बलिको बोका नबनाऊँ
मनुज चौधरी
च लनचल्तीको लोकतान्त्रिक भाषामा भन्नुपर्दा सायद हिजोआज मेरा प्रतिगमनका पुर्जाहरू सलबलाइरहेका छन् । कारण स्पष्ट छ, धेरैले सीधा देखेको बाटोलाई म बाङ्गो देख्दैछु । तिनले जेलाई अग्रगमन भनिरहेका छन्, त्यसमा म पश्चगमनका पदचाप पाइरहेको छु । दृष्टिभ्रम भएर हो कि किन हो, अग्रगमनका अगुवाहरूमा म पट्टी लगाएर एकसुरमा दौडिरहेका घोडाका विम्बहरू देखिरहेको छु । जो वरपिरकिा परविेशहरूदेखि अनभिज्ञ रहेर सिर्फ पूर्वनिर्धारति गन्तव्यतिर दौडिरहेका छन् । यद्यपि, मैले तिनको मनसाय नै खराब भन्न खोजेको चाहिँ होइन ।
त्यस्ता घोडाहरूले भन्नेछन्, वास्तविक नामसमेत प्रयोग गर्ने आँट नभएको यो छुद्र नामधारी काँतर पक्कै पनि प्रतिगमनको पृष्ठपोषक हो । तर, छुद्र नाम प्रयोग गर्नुपर्नाको कारण एकदिन यो स्तम्भकारले आफँै स्पष्ट पार्नेछ र उसको प्रतिगमनको नक्कल हो या अग्रगमनको सक्कल हो, पाठकहरूले आफँै ठम्याउने छन् । अहिलेकै लागि भने मेरा 'प्रतिगमनका पुर्जाहरू' ले अग्रगमनको गणित, विज्ञान र विश्लेषणमा केही गम्भीर त्रुटिहरू पहिल्याइरहेको छ ।
देशको इतिहासमै सबभन्दा अलोकपि्रय भएको समयमा समेत हालै भएको एउटा राष्ट्रव्यापी सर्वेक्षणले नेपालमा ४१ प्रतिशत जनता राजतन्त्र र ५९ प्रतिशत जनता गणतन्त्रको समर्थनमा रहेको देखायो । सर्वेक्ष्ाणलाई कति भरपर्दो मान्ने/नमान्ने, त्यो आफ्नो ठाउँमा छ तर वैज्ञानिक तरकिा अवलम्बन गरेर गरएिको सो सर्वेक्षणले सम्भवतः जनमतलाई साह्रै गलत रूपमा प्रतिविम्बित गरेको छैन होला ।
अब चिन्ताको विषयचाहिँ के भने हामीकहाँ अल्पमतलाई सधैँ नराम्रोसँग हेप्ने परम्परा रहिआएको छ, जसको परण्िााम कहिल्यै सकारात्मक हुन सक्दैन । २०३६ सालको जनमतसङ्ग्रहपछि अल्पमतमा परेका बहुदलवादीहरूलाई पाखा लगाउन खोजिँदा ०४६ सालमा पञ्चायती व्यवस्था स्वयम् पाखा लाग्यो । ०४६ पछि पिछडिएका क्षेत्र र वर्गहरूलाई बेवास्ता गरँिदा त्यसले माओवादी आन्दोलनलाई ठूलो मलजल प्रदान गर्यो, माओवादीहरूलाई बलैले पछार्छु भन्दा 'माघ १९' को स्िथति आयो अनि राजाले देशका प्रमुख राजनीतिक दलहरूलाई हेपेरै खाइदिन्छु भन्दा डेढ वर्ष पनि नपुग्दै राजाको बेहाल भयो । आज धेरैले सोचिरहेका छन्, यो सम्पूर्ण अस्िथरताको जरो राजतन्त्र हो, त्यसलाई नै साफ गरििदएपछि 'न रहे बाँस, न बजे बाँसुरी' । तर, सबभन्दा अलोकपि्रय भएको समयमा समेत ४१ प्रतिशत जनताले चाहिन्छ भनेको संस्थालाई फाल्नु उपयुक्त होला या नहोला, राष्ट्रिय हितका दृष्टिकोणबाट विचार गर्नु आवश्यक हुन्छ ।
चाहे व्यक्तिगत जीवनमा होस् या राष्ट्रको जीवनमा, दूरगामी असर पर्ने निर्णयहरू मन कुण्ठित भएका बेला होइन, मन चङ्गा भएका बेला लिनुपर्छ । राजा ज्ञानेन्द्रले आफ्नो १५ महिने शासनकालमा गरेका व्यवहारका कारण अहिले हाम्रो मन कुण्ठित भएको छ । तर, यो नबिर्सांै, तीन वर्षअघिको मात्र कुरा हो र अहिलेको जनमत सर्वेक्षण गर्ने संस्थाले नै गरेको सर्वेक्षणको निष्कर्ष हो, जसमा ८५ प्रतिशत नेपालीले नेपाल राजतन्त्रात्मक नै रहनुपर्ने धारणा व्यक्त गरेका थिए । त्यसैले एक जना राजाले १५ महिनामा गरेका क्रियाकलापका आधारमा सिङ्गो राजतन्त्र नै फालिहाल्ने निर्णय गर्नु कत्तिको उचित होला, ठन्डा दिमागले सोच्नुपर्ने हुन्छ ।
कुनै बेला हामी देशको समस्याको सम्पूर्ण जड पञ्चायती व्यवस्था हो भन्थ्यौँ । त्यसपछि हामीले समस्याको सम्पूर्ण कारक भ्रष्ट नेताहरू हुन् भन्ने सम्झ्याँै । अनि, त्यो दोष ठूलो हदसम्म 'माओवादी समस्यामा' सारििदयाँै । अहिले दुरावस्थाको प्रमुख जिम्मेवार राजतन्त्र भएको ठहर गररिहेका छौँ । यस्तो लाग्छ, हामीलाई राष्ट्रको समष्टिगत असफलताको जिम्मेवारीबाट आफूलाई पन्छाउन र चोख्याउन कुनै न कुनै बलिको बोकाको सधँै आवश्यकता हुन्छ र हरेक राजनीतिक चरणमा हामीले कोही न कोही त्यस्ता बोकाहरू पाउने गरेका छौँ । अहिले त्यो बोका राजतन्त्र भएको छ, परण्िाामस्वरूप एक सय चार वर्षसम्म हामीलाई अन्धकारमा राख्ने श्री ३ का सालिकहरूचाहिँ टुँडिखेलका कुनाकुनामा पुरानै ठाँटले ठडिएका छन् अनि केही नभए पनि एउटा सिङ्गो राष्ट्र, अलिकति नेपालीत्व, अलिकति चेतना र अलिकति विकासमा थोरै नै भए पनि योगदान पुर्याउने श्री ५ का सालिकहरूचाहिँ अन्धो आक्रोशको अचानो भएका छन् ।
गल्ती यहाँ कसले गरेन, सबैले गरे । प्रजातान्त्रिक दल, माओवादी, राजा र हामी नागरकिहरू सबैले आ-आफ्नो ठाउँबाट पर्याप्त गल्ती गरेका छाँै । तर, विगत एक दशकको सङ्कटले हामीलाई धेरै कुरा सिकाएको छ । अब प्रजातान्त्रिक दलहरूले प्रजातन्त्र बाजेको बिर्ता होइन भन्ने बुझेका छन् ।
माओवादीहरूले वर्तमान विश्वमा प्रजातन्त्रको विकल्प छैन भन्ने बुझ्दैछन् र राजालाई राजनीतिक दलको साथबिना राजतन्त्र अबको परििस्थतिमा टिक्न नसक्ने रहेछ भन्ने चेतना भएको छ । मनन गर्नुपर्ने कुरा के भने सबैका गम्भीर गल्तीहरूका बावजुद माथि उल्लिखित हरेक पक्षले यस देशका लागि कुनै न कुनै रूपमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
त्यसैले अन्धो रसिमा हामीले तीमध्ये कुनै पनि पक्षलाई पूर्णरूपमा बाहेक गर्न खोज्नु गल्ती हुनेछ, जसको साक्षी हाम्रै इतिहास छ । बरु ती सबै पक्षलाई संविधान र कानुनको दायराभित्र 'चेक एन्ड ब्यालेन्स' को बलियो डोरीले बाँध्नुपर्छ । एक पक्षलाई बाहेक गरेर यस देशको समस्या हल हुन्छ भनेर सोच्ने हो भने र तीतो इतिहासलाई कोट्याएर एकमाथि अर्को हावी हुन खोज्ने हो भने नेपालको पीडा आउँदो दसौँ वर्षसम्म पनि हल हुने छैन । हामीले जति नै क्रान्ति, परविर्तन र चेतना-अभिवृद्धिका कुरा गरे पनि राष्ट्रका रूपमा हामी नेपाली अझै कमजोर छौँ । यस्त्ाो अवस्थामा एउटाले अर्कोलाई 'अपराधी' भनेर अर्कोले अर्कोलाई 'अपराधीको नाइके' भनेर, प्रतिगमनकारी र क्रान्तिकारीको कित्ता छुट्याएर केही हुनेवाला छैन । यो जटिल समयमा कसैलाई बलिको बोका बनाएर होइन, विगतबाट शिक्षा लिएर मेलमिलाप, सद्भाव र एकता प्रवर्द्धन गर्नु सबभन्दा उपयुक्त हुनेछ ।
-मनुज चौधरी एक परिचित टिप्पणीकारको छद्म नाम हो ।
यो स् तम्भ पाक्षिक रूपमा प्रकाशित हुनेछ ।)