(कुनै दिन Parking lot मा दिक्क मान्दै Date नराखि डायरिमा कोरियको यो poem लाइ आजको चिसो बतासले यहाँ राख्न बाध्य बनायो ! Keyboard को टकटक आवाजले झ्याउ लागेपनि यसैउसै गरियो एउटा fake beer पिँउदै )
Victor Pradhan को गीतजस्तै
बितेका पलजस्ता यि दिनहरु
निर्जिव निर्जिव लाग्ने पुस्तकका पानाहरु
हरेक पल तिम्रो आवाज खोजिरहेको यो समय
प्रत्येक बिहानि अनि साँझहरुमा
खुसि रहने मेरा हर प्रयाशहरु
मौनताले गिज्याइरहेको छ आफैलाइ
घडिको टक टक आवाज अनि
बाहिर बगिरहेको बतास
भित्तामा टाँसियको तिम्रो तस्विरले
घरि घरि आहत बनाँउछ अझैपनि
एउटा असल मान्छे बन्ने प्रयासमा
छोडियका चुरोटका बाँकि अंशहरु
म माथि अझै हाँसिरहेका छन
मौन छु म ...केवल मौनतामा
केहि नयाँ pop हरुमा आफैलाइ बिर्सियर
किन गीतहरुपनि प्रेमकै मात्र हुन्छन
तिमिलाइ हरेक शब्दहरुमा देख्छु म
Guitar का प्रत्येक Tune हरुमा समेत
म तिम्रै त्यहि आवाज महशुस गरिरहेछु
म तिम्रा आँखामा खोजिरहेछु आफ्नो तस्विर
तिम्रो हातको wine भित्र हराइरहेको म
हेर्दाहेर्दै कहिलेकाहिँ निदाइदिन्छु
मध्यरातमा उठेर एक्लै हाँसिदिन्छु
गुनगुनाउँदै..
यो सम्झिने मन छ...म बिर्सुँ कसरि !!!