चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ उछिनी सकेछ नि साच्चै यस्पाली त खुब राम्रो, नयाँ चौतारी नयाँ बर्ष मा? आटेको पुगोस चित्र बादुर को । यस्पाली (2008) चित्रेनी ल्याउने मा जन्ती जान पाइयोस
चौतारीका सम्पूर्ण औतारीहरु र मौन पाठकहेरु समेतलाई मेरो तर्फबाट सुखद नयाँ वर्षको मंगलकामना छ है ।
अनि दानेलाई जन्मदिवसको उपलक्षमा अनगिन्ती शुभेच्छाहरु !
दानेसंग अरु कुरा संगसंगै एउटै प्राज्ञिक पूर्व पृष्ठभूमि समेत भएको कारण एउटा अलग्गै मितेरी अनुभव गर्छु म ।
अनि हिजोको बेसीथाने भेला एक छोटोमीठो जमघटको रुपमा रह्यो । शिरीषको कुशल पथप्रदर्शन र आतिथ्य, नेप्चेको संक्षिप्त सूचनामै उत्साही र सुखद सहभागिता र दिवाभोजनको अवसरमा सानसाहुको धैर्यको सुझाव सुनुवाई र खास गरेर गजलकार-त्रय म, शिरीष र भउतेको गजल रिसाइटल पछि सानले गजललाई एउटा नयाँ गहिराईमा देख्न पुगेको टिप्पणी अनि संयोगले भेट भएका एक साझा पाठक-जोडीको बडो उत्साहको सहभागिता आदि विशेष संस्मरणिय रहे ।
गजल रिसाईटलको बेला रेष्टुरेन्टका नेपाली मालिकको अप्रत्याशित चाख पनि उत्तिकै सुखद आश्चर्य रह्यो । रमाईलो त के भयो भने मैले गजल रिसाईट गर्दै गर्दा उहाँले “स्वरलाई अलि उ गर्नुस् न” भन्नुभयो । मैले ठानें उहाँ अन्य ग्राहकलाई वाधा नपुगोस् भनेर स्वरलाई सानो गर्न आग्रह गर्दै हुनुहुन्छ । र त्यसै गर्दै के जो थिएँ उहाँले “होईन होईन म पनि सुन्न चाहन्छु के” भन्नुभयो र बडो चाख मानेर सुन्नुभयो ।
त्यस्तै त्यहीं तत्काल परिचय पछि सहभागी हुनु भएका पाठक मित्रको टिप्पणी पनि कम सुखद थिएन । उहाँ भन्दै हुनुहुन्थ्यो उहाँले यस्तो कुरा (कविता-वाचन) मा सहभागी हुन नपाउनु भएको वर्षौं (६-८ वर्षै ?) भएको थियो र आज उहाँलाई अत्यन्त आनन्द आईरहेछ ।
साझाको प्रगति र सुधारका लागि सुझावहरु त्यो जमघटको अर्को महत्वपूर्ण पक्ष थियो । बढी शक्तिशाली search engine, अझ बढी व्यवस्थित archive खास गरेर साझाका लोकप्रिय लेखकका रचनाहरुका लागि र गम्भिर पोस्टरहरु (सानको शब्दमा “पाका उमेर समुह” ) लाई विकर्षित हुन नदिन साझामा गालीगलौजको रोजगारी गरेर बसेका पोस्टरहरु लाई कुनै प्रकारको दुरुत्साहन गर्नुपर्ने आवश्यकतामा थोरबहुत एकमत थियो ।
मेरो व्यक्तिगत विचारमा पनि साझा अहिलेको भन्दा दशदेखि सय गुना बढी उपभोक्ता आकर्षित गर्न सक्ने potential भएको वेबसाईट हो र त्यो potential को बाधक भनेकै साझालाई माया नगर्ने र यसलाई पाईखाना सरह व्यवहार गर्ने फोहरी थुतुनोवाल नियमित अनियमित पोस्टरहरु (सानको हिसाबमा “कम उमेर समुह” का धैर्यन्यून पोस्टरहरु) हुन् । सानको एउटा चाखलाग्दो र मेरा लागि शिक्षाप्रद टिप्पणी के थियो भने यस्ता फोहरी पोस्टरहरुको पनि आफ्नै फ्यान समुह हुने रहेछ ।
Putting all together, मलाई के लाग्छ भने सानको अगाडि अब दूई छनोटहरु छन् : एक, साझालाई यत्तिकै यस्तै राखिरहने (जोखिम कम, तर प्रगतिको सम्भावना पनि कम नै भएको)। दूई, जोखिमपूर्ण नै भए पनि साझाको फोहोर व्यवस्थापनका केही उपायहरु अपनाएर यसलाई सबै समुहका उपभोक्ताहरुको लागि आकर्षक साईट बनाई मैले भने झै अहिलेको भन्दा सयगुना बढी सम्मको भिजिटरहरु आकर्षित गर्ने ।
सोझो व्यापारिक हिसाबले दुवै छनोट ठीकै छन् । सोझो सैद्धान्तिक हिसाबले (सबैलाई अकुण्ठीत स्वतन्त्रता प्रदान गर्ने ) पहिलो छनोठ ठीक हो । तर महत्वाकांक्षा, साहस (दुस्साहस पनि हुन सक्छ ) र कुनै भिजनदार वक्र हिसाबकितावमा दोश्रो छनोट ठीक हुनसक्छ । यो कुरा सानलाई यहीबाट सुनाउने दुस्साहस गर्दछु ।
ल कुरो कहाँबाट कहाँ पुग्यो ।
जे भए पनि यो २००८ मा साझाको लोकप्रियता बढोस्, उन्नति होस् र यहाँका नागरिकहरुले आफूलाई साझावासी भएकोमा गर्व गर्ने कारणहरुको अभिवृद्धि होस् ।यस कामनाका साथ यस सालको अन्तिम दिनको संकिर्तन गर्दैछु ।
Nepe
A dim picture, but the brightest face of what Sajha should be all about. From NY gathering...
चौतरि भेला असाध्यै सफल भएको थाहा पाउँदा खुसि लाग्यो र आफु त्यहाँ नभए पनि सहभागीहरुको भेला ब्रितान्त सुनेर आफु पनि त्यही भएको जस्तो महसुस भयो। चौतारी भेलाको बेलामा सहभागी मध्यै कसैको फुन बजाम्ला भन्ने पिलान थ्यो तर त्यै बेलामा यता उती लन्ठङ मन्ठङमा अल्झिएर फुन बजाम्न सकिएन। अर्को पल्ट कुनै नै कुनै बेला चौतारी भेलामा सभागी हुन पाइने नै छ भन्ने आसा छ।
नयाँ चौतारी बनाएकोमा साथी चित्रेलाई फेरी पनि साधुबाद छ, सोचेको पुगोस।
हाम्रो गाम्मा त नयाँ बर्खले आफ्नो आभा फैलाइसकेको हुनाले चौतारीका सबै आत्मिय साथीहरुलाई नयाँ बर्ख सन २००८ को मंगलमय शुभ कामना! यो बर्ष हाम्रो सम्बन्ध अझ गाढा होस्, यसरी नै सुख दु:ख बाँड्न पाइयोस!
नयाँ बर्षको बेलामा एउटा गन्थन पेस्ट्याउने ध्रिस्ट्ता गर्दैछु, भूलचुक माफ पाम!
त्यो नयाँ बर्ष!
'भोलि त नयाँ बर्ष, के छ तिमीहरुको प्लान?' प्रोग्राम सिद्धयाएर बाहिर निस्कदै आस्थाले सोधि।
'खासै केहि छैंन, घरमैं मनाउने न्यू यियर, भोली त मेरो पनि छुट्टी छ, छोरा र बुढासंग दिउसो जू जाने अनि राती परिवार संगै बसेर मनाउने, अनि तिमीहरुको के छ नि भोलीको प्लान?' मैले मेरो भोलिको कार्यक्रम बताए।
'हामीहरू त आज पोखरा जाने अनि न्यू यियर इभ र न्यू यियर उतै मनाउने' आस्थाले आफ्नो कार्यक्रम बताइन।
'हो र ? तिमिहरू कै मस्ती छ, अँ साँच्ची भोली त मन्डे तिम्रो प्रोग्राम छ हैन आफ्टरनूनमा?' मैले सोधे।
' छ, तर भोली मैले छुट्टी लिएको, केशबले गरिदिन्छू भनेको छ भोलिको प्रोग्राम ।' आस्थाले बताइन।
छ महिना मात्रै भयो आस्थाले हाम्रो एफ एम ज्वाइन गरेको तर कति चाँडै सबैसँग घुलमिल भइसकिन। उमेरमा म भन्दा सानि भए पनि मेरो राम्रो साथि भइसकेकि छिन। रमाइलो खुब गर्नु पर्छ आस्थालाइ, पार्टीइङ भने पछि हुरुक्क! नयाँ बर्ष मनाउन पोखरा जान लागेका रहेछन, किन नजाउन त, भरखरै दुइ महिना पहिले त बिहे भएको छ, बर्षौं लामो अफेयर पछि।
'तिमिहरु त पोहोर साल पनि पोखरा गएका हैनौ, न्यु यियर मनाउन, हरेक बर्ष पोखरा नै जाने रेजोलुसन बनाएका छौ कि क्या हो?' मैले जिस्क्याउँदै सोधे।
'हैन त्यस्तो त केइ होइन तर मलाई पोखरा असाध्यै मन पर्छ, मिल्यो भने त हरेक बर्ष हैन कि हरेक बर्षमा धेरै चोटि पोखरा जान चाहन्छु। पोखरा ठाउँ पनि नै त्यस्तै छ, सुन्दर, सौम्य, रोमान्टिक, जतिचोटि गए पनि फेरि जाउँ जाउँ लागिरहने, कहिल्यै धित नमर्ने ! तिमी पनि एक चोटि पोखरा गएर हेर न, पोखराले तिमीलाई पनि पक्कै मोहनि लगाउँछ। तिमी अहिलेसम्म पोखरा नगएको हुनाले तिमीलाई त्यस्तो लागेको होला।' आस्थाले पोखराको बयान गर्दै भनि, 'अँ साच्ची भोली त तिम्रो बर्थ डे पनि हैन, टु इन वान विस है मेरो तर्फबाट, ह्याप्पी न्यु यियर अनी ह्याप्पी बर्थ डे ! पार्टी चाइ अर्को हफ्ता खानु पर्ला!'
'थ्यान्क्स, तिमीलाई पनि नयाँ बर्षको शुभ कामना!'
आस्था मलाई पनि पोखरा भ्रमण गर्ने सल्लाह दिएर न्यु यियर मनाउन पोखरा जाँदैछे तर के साँच्ची मैले पोखरा देखेकी छुइन ?! होइन, पोखरा म पनि गएकी छु, पोखरा मैले पनि देखेकी छु, फोटो र पोस्टरमा मात्र हैन पोखरामा मैले पनि पाइला टेकेकी छु । एउटा अचम्मको संयोग थियो त्यो, परीलोकको कथा जस्तै।
किन, कसरी र कहाँ, पहिलो पल्ट अभि मेरो साथी भयो, ठ्याक्कै सम्झिन सक्दिन तर अभिको साथ रमाइलो लाग्थ्यो। हामि एउटै क्लासमा पढ्थ्यौ, पहिलो बर्षसम्म हामी हेलो - हाइ फ्रेन्ड मात्र थियौं तर कुनै दिन हामी बेस्ट फ्रेन्ड भईसकेका रहेछौं, थाहै भएन। अचानक भन्दा पनि क्रमिक रुपमा हाम्रो मित्रता गहन हुँदै गएको हुनाले माथि मैले किन कहाँ र कसरी भन्ने कुरा ठ्याक्कै थाहा छैन भनेर लेखेको।
मैले चिनेको अथवा भनौ नजिक बाट चिनेको मान्छेहरु मध्यै अभि सबैभन्दा फरक थियो, अन्प्रेडेक्टिबल, फुल अफ सर्प्राइजेज र एकदम पागल। यस्तै कुनै बर्षको अन्तिम दिनहरु मध्यै एकदिन अभिले फोन गर्यो, कलेजमा जाडोको बिदा सुरु भएको दुई तीन दिन मात्रै भएको थियो।
'तिमी मलाई एउटा गिफ्ट दिन्छौ, नयाँ बर्षमा?' अभिले सोध्यो।
'के भनन?' मैले प्रतिप्रश्न गरें।
'पहिला दिन्छु भन अनि मात्र भन्छु।' अभिले आफ्नो परिचित शैलिमा भन्यो।
'ओ के, दिन्छु।' अभिलाई केही कुरा पनि नाइँ भन्नु मेरो बसको कुरा होइन।
'के तिमी न्यू यियरको दिनमा मलाई केही घण्टा समय दिन्छौ ?' अभिले आफ्नो गिफ्ट माग्यो।
'हुन्छ, हामी नयाँ बर्षको पहिलो दिन सँगै मनाउँला, बरु कहाँ कती बजे भेट्ने?' मैले सोधें।
हुन त नेपाली क्यालेन्डर अनुसार मेरो जन्मदिन अर्कै दिन परें पनि ईंग्लिश क्ल्यालेन्डर अनुसार नयाँ बर्षको पहिलो दिन मै पर्छ र त्यही दिन म बिहानै मन्दिर गएर पूजा गर्छु र बेलुका घरमा पनि सानो पारिवारिक जमघट हुन्छ। दिउसो खासै केही काम हुँदैन, बाबा, मामु र दादाको पनि अफिस हुन्छ, मेरो कलेज छुट्टी हुनाले घरमा एक्लै बस्नु पर्ने भएको हुनाले अभिलाई 'हुन्छ हामी केही घण्टा सँगै बिताउँला' भन्नु कुनै ठुलो कुरा थिएन।
म तिमीलाई आठ बजे पिक गर्छु, सधैंको ठाउँबाट' अभिले भन्यो।
'आठ बजे, अली चाँडो हुँदैन र?' मैले सोधे।
'आठ बजे नै भेट्ने नि प्लिज' अभिले कर गर्यो।
'हुन्छ, म ठीक आठ बजे तिमीलाई त्यहाँ भेट्छु' मैले भने।
अभिले किन आठ बजे नै भनेको होला, कहाँ जाने होला, घर फर्किंदा कति बज्छ होला ....................... ???!!!! अनेक प्रस्नहरु मनमा खेलिरहे। अभिलाइ मैले सोधे पनि उसले बताउँदैन भन्ने थाहा छ मलाइ, अभिको एउटा अर्को सर्प्राइज ! जे होस मलाइ यति थाहा छ यो दिन मेरोलागि एउटा अबिस्मरिणिय दिन हुनेछ, किनकि मैले 'चिनेको' अभिले आफुले गिफ्ट मागेको निहुँमा मलाइ केहि बिसेश उपहार दिन चाहन्छ, नया बर्षको !
बिहान ठीक आठ बजे अभि आइपुग्यो, आफ्नो त्यही पुरानी कालो आर एक्स मा।
'हाइ अभि, ह्याप्पी न्यू यियर !' मैले विस गरें।
'हाइsss, विस यु द सेम, ह्याप्पी न्यू यियर' अभिले पनि विस गर्यो। मेरो आज बर्थ डे भन्ने अभिलाई थाहा रहेनछ नत्र विस गरिहाल्थ्यो नि। आफ्नो जन्मदिनको बारेमा आँफै कसरी बताउनु।
'अभि हामी कहाँ जाने यति बिहानै, अनि कतिबेला फर्किने?' मैले आफ्नो जिज्ञासा राखें।
'हामी कहाँ जाने भन्ने कुरा एकैछिनमा थाहा हुन्छ अनि हामी फर्किंदा चार जति बज्छ।' अभिले भन्यो।
चार बजे सम्म फर्किन मलाई कुनै समस्या थिएन, घरमा बाबा - मामुहरु अफिसबाट फर्किंदा छ बज्छ अनि फेरि मैले दिउँसो साथीहरुसँग प्रोग्राम छ भनेर आएकि हुनाले अलि ढिलो भए पनि केही फरक पर्ने थिएन।
बानेश्वर, मिनभवन, तीनकुने हुँदै एअरपोर्ट पुग्यौं।
'अभि एअरपोर्टमा किन नि, एअरपोर्टको क्यान्टिनमा न्यू यियर मनाउने प्रोग्राम हो कि क्या हो?' मैले अचम्म मान्दै सोधें।
'होइन, हामी पोखरामा न्यू यियर मनाउने !' अभिले भन्यो।
'पोखराsssssss !!!??? अभि, हामी घरमा नबताइ कसरी पोखरा जान सक्छौ ? फेरी तिमीले त चार बजे सम्म घर फर्किहालिन्छ भनेको हैन? मलाई छ बजे सम्म त जसरी पनि घर पुगिसक्नुपर्छ।' मैले एकैचोटि सबै प्रश्नहरु बर्षाएँ।
'वेल, हामी अहिले नाइन थर्टीको फ्लाइटबाट पोखरा जाने अनि त्यहाँबाट तीन बजेको फ्लाइटमा फिर्ता आउने।' अभिले आफ्नो प्लान बतायो।
'इज इट पोसिबल अभि, तीन बजे फिर्ता आउन सकिन्छ?' मैले फेरि मेरो जिज्ञासा राखें।
'किन नसकिनु, काठमाडौंबाट पोखराको लागि र पोखराबाट काठमाडौंको लागि हरेक घण्टामा एउटा एउटा फ्लाइट छ, मैले रिटर्न टिकट पनि लिइसकेको छु। तिमीलाई चार बजे सम्म घर पुर्याउने जिम्मा मेरो।' अभिले भन्यो।
पोखरा जान आउन यस्तो सजिलो छ भन्ने मलाई थाहै थिएन। हुन पनि म काठमाडौंबाट दुई तीन चोटि मात्रै बाहिर गएकि छु, त्यो पनि हेटौंडासम्म। पोखराको बारेमा धेरै सुनेको तर अहिले सम्म नगएकि हुनाले पोखरा जाने भन्दा रोमान्चित हुनु स्वाभाबिक नै हो र फेरि अभिलाई मैले विश्वाश नगर्ने भन्ने कुरा पनि छैन आखिर उ मेरो बेस्ट फ्रेन्ड हो !
पहिलोपल्ट प्लेनमा चढेको, रमाइलो लाग्यो अझ अभि पनि सँगै भएको हुनाले पहिलो उडान रोमान्चक रह्यो। आधा घण्टा जति मै पोखरा पुगिने रहेछ। पोखरामा उत्रेर ट्याक्सी लिएर हामी लेक साइड गयौं। अभि पहिला पनि पोखरा आएको हुनाले उसलाई पोखराको बारेमा सबै थाहा रहेछ। डुंगा चढेर मन्दिरमा गयौं। हरेक बर्ष जन्मदिनमा बिहानै मन्दिर जाने गरेको भए पनि बिहानै अभिलाई भेट्नु पर्ने भएको हुनाले आज मन्दिर जान पाइएको थिएन तर अचम्म अभिले मलाई मन्दिर मै पुर्याइ दियो।
बाराही मन्दिरमा पूजा गरिसके पछि अभिले मलाई एउटा सुन्दर कार्ड दियो, जन्मदिनको शुभ कामना कार्ड र साथमा सुन्दर इयर रिङ्गको सेट। अर्को सर्प्राइज, अभिलाई मेरो जन्मदिन थाहा रहेछ, साँच्ची कति अन्प्रेडिक्टिबल छ, अभि !
हामीले लेक साइड कै एउटा रुफटप रेस्टुराँमा केही समय बितायौ, पोखरा, फेवा ताल र माछापुछ्रेको सौन्दर्यमा डुब्दै।
'अभि अहिले काठमाडौं फर्किने फ्लाइट क्यान्सिल भयो भने के गर्ने?' मैले अचानक अप्रसाङ्गिक जिज्ञासा राखें।
'आज हामी यहीं बस्ने अनि भोलिको फ्लाइट बाट फर्किने।' अभिले भन्यो।
'आज यही बस्ने रे ? हुँदैन, आज जसरी पनि काठमाडौं फर्किनु पर्छ।' मैले भने।
'किन म माथि विश्वास छैन?' अभिले सोध्यो।
'तिमी माथि त पूरा विश्वास छ तर आँफै माथि विश्वास छैन।' अभिले मैले भनेको कुरा बुझ्यो कि बुझेन तर मैले साँचो कुरा बताइ दिए।
' म त जोक मात्रै गरिराखेको, आज मौसम राम्रो छ अनी फ्लाइट क्यान्सिल हुँदैन भन्ने कुरा कन्फर्म गरेर मात्रै मैले टिकट किनेको। इन केस तीन बजेको फ्लाइट क्यान्सिल भए पनि काठमाडौंको लागि लास्ट फ्लाइट चार बजे छ, हामी त्यो लिन सक्छौ।' अभिले आफुले बनाएको फूल प्रुफ प्रोग्रामको बारेमा बिस्तारमा बतायो।
काठमाडौं फिर्ती यात्रा पनि असाध्यै रोमान्चक रह्यो, पहिलोपल्ट प्लेन यात्रा त्यो पनि मलाई सबैभन्दा मनपर्ने साथीको हात समाएर ! अभिसँग पहिलोपल्ट पुरै दिन, त्यो पनि नेपाल कै सबैभन्दा सुन्दर, सौम्य र रोमान्टिक शहरमा ! अभिले मलाई सवा चार बजेतिर मेरो घर नजिकैको चोकमा ड्रप गरिदियो।
त्यो दिन मेरो जीवन कै सबैभन्दा अचम्मको दिन थियो। न त म कसैलाई मेरो यात्रा ब्रितान्त सुनाउन सक्छु न त कसैसँग त्यो दिनको अनुभव बाँड्न सक्छु। जे होस्, त्यो दिन मैले अहिलेसम्म नयाँ बर्ष र जन्मदिनमा पाएको गिफ्टहरु मध्यै सबैभन्दा प्रेसियस गिफ्ट थियो, आफुले गिफ्ट मागेको निहुँमा मेरो 'साँच्चिकै पागल' साथीले मलाई दिएको। त्यही दिनको सम्झनाले मेरो हरेक नयाँ बर्ष र जन्म दिन बिशेष बनाइदिन्छ, थ्यान्क्स अभि!
'म्याडम प्रोग्रामको टाइम भयो, सबै कुरा रेडी छ।'
टेक्निसियन भाईले प्रोग्राम सुरु गर्ने टाइम भएको जनाउ दिंदा त्यो अलौकिक दिनको सम्झनाबाट बर्तमानमा आइपुगियो। भोलि नयाँ बर्ष भएको हुनाले आजको प्रोग्राम पनि नयाँ बर्ष बिशेष कार्यक्रम हुनेछ र प्रोग्राममा कुनै न कुनै बेला म त्यो गीत पनि बजाउने छु, जुन गीत 'त्यो दिन' पनि बजिरहेको थियो, पोखराको त्यो रेस्टुराँमा र संयोगबस त्यो गीत अभिको फेभरेट गीत थियो,..... I'd love you to want me...........!
चौतारीका सबै गाँउले साथीहरुलाइ नयाँ बर्सको शुभकामना।
My wishes for you!!!! Great start for Jan, Love for Feb, Peace for March, No worries for April, Fun for May, Joy for June to Nov, Happiness for Dec, Have a lucky and wonderful 2008
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.