[VIEWED 26561
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-11-09 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइतिघर निर को त्यो चोक मा धेरै नै भिड जम्मा भएको थियो, त्यो बिहान। एउटा निलो गाडी को बरिपरी जम्मा भएको त्यो मान्छे को भिड भित्र सबै जना के भएको होला भन्ने अनुमान गर्दै थिए। त्यो भिड भन्दा केही किलोमिटर पर वीर अस्पताल को आकश्मिक कक्षमा अनुज सौरभ को बेड छेउमा उभिरहेको थियो। बितेका सात घण्टामा अनुजले आफ्नो नजिकै को एक जना त्यही माइतिघरको दुर्घटनामा गुमाइ सकेको थियो, श्रेया। केही पर श्रेयाका नातेदारहरु भने अन्तिम संस्कारको तयारी गर्दै थिए। तर बिधी को बिडम्बना, त्यस्को एक हप्ता अगाडी मात्र श्रेयाको बिहाको कुरा छिनिएको थियो। अनुज को सम्पूर्ण ध्यान अचेत अवस्थामा रहेको सौरभ माथी थियो।
************************************************************************************
दुई बर्ष अगाडी ठमेलको ब्यस्त सडकमा एउटा नवयुबक भिड को बिचमा देखा पर्यो। उ हातमा नाङो खुकुरी लिएर भिडमा कसैलाई खोजिरहेको थियो। निमेश भर मै एउटा ठुलो भिड उसको वारी पारी जम्मा हुन पुग्यो। आफ्नो सिकार हात बाट फुस्केको भान भए पछी त्यो मान्छे को मुख बाट एउटा शब्द निस्कियो - "साला" अनी हावामा खुकुरी नचायो। तमासेहरु ले डर ले मुख फेरे। त्यतिकैमा एउटा कालो मोटरसाइकल त्यही आएर रोकियो, तमासेहरु को भिड सँगै त्यो नवयुबक पनि त्यहा बाट हरायो।
************************************
काठमाडौं बाट पोखराको लागि उडेको अन्तिम उडानले सौरभलाई नियमित समय भन्दा ५ मिनेट छिटो पोखरा ल्याइ पुर्यायो। त्यस्को केही समय पछी नै जोमसोम बाट त्यो दिन को काम सकेर फर्केको अनुज को हेलिकप्टर पनि केही पर अवतरण गर्यो। अनुज एक हेलिकप्टर कम्पनी मा कार्यरत थियो। अनुज बसेको होटलको लबीमा सौरभलाई उभिरहेको देख्दा आश्चर्यमा पर्यो। "फेरी के गरिस?" अनुज को पहिलो प्रश्न सौरभलाई त्यही नै थियो।
"बुढाले घरमा बस्न दिएनन, अस्ती ठमेलमा अलिकती हानाहान परेको थियो।" "खाना खाइस?" "छैन"
आफ्नो फुपुको छोरा सौरभ जन्मिदा अनुज ले बामे सर्न थालि सकेको थियो। दुबै सँगै हुर्केका भए पनि दुइ जनाको स्वभावमा भने आकाश पाताल को भिन्नता थियो। सानै देखी शान्त, सुशिल, सोचेर बोल्ने, सबै को कुरा सुन्ने बानी भएको अनुज भन्दा सौरभ भिन्न थियो। अरु को कुरा न सुने पनि, अरु ले भनेको न माने पनि सौरभ ले हरेक समस्यामा गुहार्ने ब्यक्ती उसको सबै भन्दा नजिक को साथी अनुज नै थियो। कहिले काही त सौरभ दोधारमा पर्थ्यो, आफु ले अरु लाई न बुझेको हो कि अरु ले उस्लाई बुझ्ने कोशीश न गरेको हो? "तर अनुज ले त मेरो कुरा राम्रो सँग बुझ्छ त, अरु ले चाँही किन मेरो कुरा बुझ्दैनन?"आज पनि घरको किचकिच छल्न लाई सौरभ अनुज को शरण मा आएको थियो। अनुज पनि सौरभ लाई आफ्नै सहोदर भाई जस्तै गरी माया गर्थ्यो, शायद बाल्यकाल देखी को त्यो बन्धन समय सँगै अझ मजबुत हुँदै थियो।
"ल हिड। खान जाउ बाहिर, तलाई भोक लागेको होला। मेरो पनि डिनर खान बाँकी नै छ। "
दुबै लेक साइड मा रहेको अनुजको मन पर्ने ठाउँ मा खाना खाइ सकेर नजिकै को बार तर्फ लागे जहाँ अनुज र सौरभ को भेट एक युबती सँग हुन पुग्यो। हेर्दा राम्री, MBBS गरी रहेकी उक्त युबती को ब्यक्तित्व ले अनुजलाई पहिलो भेटमै प्रभावित गर्यो। हुन त अग्लो, गोरो, सलक्क परेको पाइलट अनुज को ब्यक्तित्व पनि केही कम थिएन। पहिलो भेट बाट सुरु भएको मित्रता बिस्तारै घण्टौ सम्म फोनमा कुरा गर्ने माध्यम हुन पुग्यो। अनुज को ब्यस्त दिनचर्याले सौरभलाई पहिला भन्दा अली टाढा पुराएको थियो। अनुज ले यो कुरा को आभाश पायो कि पाएन, तर सौरभ भने आफु पहिला भन्दा एक्लो हुँदै गएको महसुस गर्न थाल्यो।
************************************************************************************************
केही समय पछी अनुज को घर मा बिहेको गाईगुइ चल्न थाल्यो। अनुजको दुई बर्ष को त्यो प्रेम कथा लाई विवाहको बन्धनमा बाध्ने बेला आइ सकेको थियो, श्रेया पनि पढाई सकेर काठमाडौं मै काम गर्न थालि सकेकी थि। दुबै को परिवारको सहमती ले बिहे को कुरा पनि छिनियो। केही दिन पछी अनुज को घरमा पारिवारिक जमघट थियो। काम बिशेष ले बाहिर जानु परेको हुँदा अनुज भने त्यो जमघटमा सरिक हुन पाएन तर अनुज को प्रतिनिधि को रुप मा श्रेया लाई भने आमन्त्रण गरिएको थियो। भेटघाट, खानपिन को क्रम केही घण्टा चलेर त्यो जमघट सकियो। श्रेयालाई घर सम्म पुराउन सौरभ जाने भयो। अली कती मदिरा को नशा अनी मनमा चली रहेको आधीबेरी ले सौरभको गाडी को गती अचानक बढायो, सडक छेउ मा रहेको बिजुली को पोल अनी पर्खालमा ठोक्किएर गाडी स्थिर भयो। आफ्नो कुरा सुन्ने, सल्लाह दिने अनुजलाई आफु बाट टाढा पुर्र्याउने श्रेया भएको निस्कर्ष अनी अनुज को विवाह पछी आफु झन एक्लो हुने डर को मानसिक द्वन्दमा अल्झिरहेको सौरभ शायद त्यही मौका को खोजी मा थियो।
समाप्त:
Last edited: 12-Jan-09 12:02 PM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-12-09 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चु, यो फरक कथा त निकै फरक खालको जस्तो छ। पढ्न बसे है म। धेरै पछी कथा लिएर आयौ, खुशी लाग्यो। ल थप्ने क्रम जारी राख है।
|
|
|
gunyucholi
Please log in to subscribe to gunyucholi's postings.
Posted on 01-12-09 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
too bland.... please pass the salt n pepper please
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-12-09 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो, एक पट्क मा बुझ्न गाह्रो भो तर दोस्रो पटकमा बुझाई साह्रो भो। नितान्त फरक खाल को प्रस्तुती । सारंशमा भन्नु पर्दा बुझ्नेलाई श्रीखण्ड........................ ।
|
|
|
spoken
Please log in to subscribe to spoken's postings.
Posted on 01-12-09 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oooooooooooooooooo nepalko chhoro bro kasto gayeb bhako? katha chhoto tara mitho. ani bro ke ho bihe sihe ni bhai sakya hola hoina ta :P? malai ta nimantrana ni pathayena ta
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 01-13-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल को छोरा ज्यु! धेरै पछि कथा लिएर आउनु भएकोमा धन्यबाद्! दुखद अन्त्य रहेछ, मन चिसो भयो। अरु पनि पढ्न पाउने आशामा।
|
|
|
BaNeSor
Please log in to subscribe to BaNeSor's postings.
Posted on 01-13-09 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It touched my heart..........:D
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-13-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो, धेरै पछी देखा पर्यो,कथा थोरै अनी स्वादिलो रईछ। लौ एस्तै फरक कथा राख्नु पर्यो अरु पनि एक दुई ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-14-09 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु, लेख्ने मौका मिले अरु पनि पस्कुला नि पछी। पढेर दुई शब्द पस्किदेकोमा धन्यवाद। gunyucholi, will try to put more salt, pepper and spices in next write-up, thanks for the constructive criticism. ठुल्दाइ, हजुर जस्तो महारथी लाई पनि एक चोटि म बुझ्न गाह्रो भको? हैन होला। पढेर पत्रिकृया ब्यक्त गरी दिनु भएकोमा धन्यवाद। Spoken bro, katha "chhoto ra mitho" lageko sunda malai khusi lagyo. bepatta nai ta bhako haina, 2-4 din lai bishram leko matra ho. Bhoj khane bela bhaye pachi nimta dimla ni. CL, धेरै पछी मैले लिएर आएको कथा पढेर प्रतिकृया स्वरुप केही हरफ लेखिदिनु भएकोमा हजुर लाई पनि धन्यवाद। साइत जुरेछ भने अरु पनि पस्किदै गरौला। बानेश्वर जि, कथा पढेर दुई शब्द लेखिदिनु भएकोमा धेरै धन्यवाद छ। बिस्टे ब्रो, कथा पढेर प्रतिकृया ब्यक्त गरी दिनु भएकोमा धन्यवाद। लेख्ने साइत जुरेछ भने अरु पनि पस्किदै गरौला।
|
|
|
spoken
Please log in to subscribe to spoken's postings.
Posted on 01-15-09 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepal ko chora bro 2/4 din bishram liyeko re u mean 2/4 din=2/4 barsa? sanchai bihe bhako chhaina ra ? malai ta sanka lagyo ki ekai choti anna prasanma bolaune bichar gareko
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-15-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oho nepchule katha lekheko raichha nadekhira... sachchai farak raichha katha, lekhan shaili ramro chha. :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-15-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा अलि फरक नै रहेछ। मन पर्यो नेप्चे!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-15-09 7:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Spoken bro, pahila bhoj khana bolaula, ani bela bhaye pachi anna prasanma pani bolaula ni सान्नानी र जिम्मालबा, छोटो मिठो प्रतिकृयाको लागी धेरै धेरै धन्यवाद।
|
|
|
spoken
Please log in to subscribe to spoken's postings.
Posted on 01-16-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau ta nkc bro ma ta kurera baschhu hai nimantranako lagi........baru ali chandai khabara gara hai naya suit ni kinnu parya ni
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 01-16-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा राम्रो छ, छोटो मीठो!!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-16-09 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Spoken bro, bela bhaye pachi khabar garaula ni hai ... चेली बहिनी, छोटो मिठो प्रतिकृया को लागी धन्यवाद।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 01-16-09 11:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आधा राताँ मैले नी पढें कथा। सौरभ सोमले त्यसरी खत्तमै गरेछ नी। तर आँफैलाई बुझ्न नसक्नेले अनुज र श्रेयालाई बुझोस पनि कसरी र? प्रभोलाई चै सौरभ जस्ताको डर नहोस। शुभकामना छ मेरो।
|
|
|
nails
Please log in to subscribe to nails's postings.
Posted on 01-16-09 11:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wah wah nepche kya katha!! atti nai ramro lagyo!! :) :)
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 01-17-09 2:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक फरक कथा । छुट्टै स्वाद को पांए । प्रस्तुत गर्नु भएको मा धन्यबाद!
|
|
|
freak_alien
Please log in to subscribe to freak_alien's postings.
Posted on 01-17-09 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Katha ma marma cha, chot pani, yathaartha cha ra dubidaa pani. Dherai ramro katha lekhechhau bandhu ! Jay hos !!!
|
|