Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 109627 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 02-28-06 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा

कसरी भनुम म आफ्नो कथा ।
कसरी भनुम म आफ्नो ब्यथा
साझा बसी समछ्य राख्दै छु यो कबिता ।

कथा हो यो अफुनै बस्ने समाजा को
कथा हो यो अनैतीका राज् निति को
कथा हो यो अफुनै बस्ने भात्किए को घर को ।

लग्थ्यो मलाई यो कथा किन यस्तो
पखेटा कटीय्को परेवा जस्तो
मरुभुमिमा हिंड्ने एक यात्राी को प्यस जस्तो ।

आज मेरो घर सुन्नेता ले भरिएको छ
जता हेर्यो तेतै भात्किए को छ
साथी आज किन आफ्नो आफ्न्ता नै एक बिरानो भैराखे को छ ।

हत्त्य र बिद्रोह ले पलुवा पलायेको छ
हिजोको एक् सरल् र सधारन् नगरिक् अज एक् हत्यरा बन्न गैरहे को छ।
अज किन येस्तो लगि रखे को छ अफ्नो घर् पनि एक् लडाइ को मैदान रहेय् छ।।

अशा थ्यो, कथा को अन्त हुन्छ हरियलि बशन्त भयेर
अशा थ्यो , कथा को अन्त हुन्छ दियो को उजयलो भयेर
अशा थ्यो , कथा को अन्त हुन्छ सान्त बातवरन् भयेर।

तर सथि यो कथा मा येस्तो कुनै मोड् नै छैन,

जस्म एक् शन्ति को बेउ बकि छ
जस्म स्वभिमानि को झन्डा फहरिअ को छ
जस्म कोहि अन्नयाए अत्याचार् सङ लडेको छ।

सथि यो एक् कथा नभयेर यथार्थ हो।
यो हमि सबै को एक् जिबन् ब्याथा हो।।
 
Posted on 02-28-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wish I could write in nepali.....great job guys
 
Posted on 02-28-06 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(पहिलो भागबाट) नेपाली कान्छा र डीसी विषाणु () लाई कविताको देशमा स्वागत छ।
नेपाली कान्छाको कविता राम्रो छ, धन्यवाद। टाइपिङका सानातिना समस्या चाँडैनै सुल्झिनेछन् भन्ने आशा छ।
अनि विषाणुजी, लेख्ने कोशिश गर्नुस् नेपालीमा र यहाँ टाँस्नुस्, हामी प्रतीक्षामा छौँ।

साथीहरु,अबदेखि यतै यो दोश्रो भागमा भेला हौँ, कि कसो?
 
Posted on 03-01-06 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धागो त पुरा भैसकेको हो तर साईँलको प्रश्न को उत्तर दिन यसो आएको।

"मैले बुझेको, माईलालाई उनको याद प्रशस्तै आउँछ तर उसको जिन्दगी पनि राम्रै चलिरहेको छ। जति आँशु बगाए पनि, त्यो क्षणिकमात्र हुन्छ।
उनले पढिन् भने सुरुमा त मख्खै पर्लिन्, मेरो अझै याद गर्दो रहेछ भनेर तर अन्तिममा सायद एउटा नमिठो घोचाई अनुभव गर्लिन्।
ठिक? के माईलाको भाव यहि थियो?
"

साईँला मैले, ' जीवनमा चाहेको याद मा हैन' भन्न खोजेको थिएँ त्यति प्रस्ट भएनछ कि के हो!
 
Posted on 11-18-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कविता पढ्न मन भएर यो thread खोजेको बल्ल आज भेटियो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters