[VIEWED 19436
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nakkali keti
Please log in to subscribe to nakkali keti's postings.
Posted on 11-06-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
यस् कथाका बिसयबस्तु, घटनाक्रम, तथा पात्रहरु सबै काल्पनीक हुन। कसैको वास्तविक जीवनसँग मेल खाएमा केबल सँयोग मात्र हुने छ।रहस्य
५:१५
भएछ,
घर
जाने
बेला
भयो।
घर
पनि
के
भन्नु
खै?
७०,
७५
को
speed मा हुइँकिएर पुग्यो
तर
त्यहाँ
उही
सुन्यपन।
highway मा आँधी झैं उढेको जीवन apartment मा पुग्ने बित्तिकै टक्क रोकिन्छ। मैले यो
शहरलाई अझै मन पराउन सकिन। आएको पनि त ४ महिना भइ सक्यो। पूर्ण एक्लो बनाइदिएको छ यस्ले
मलाई। पुराना साथीहरु असाध्य खडकिन्छन। मान्छे पनि त त्यस्तै छु म, झट्ट साथी बनाइहाल्न
नसक्ने। तर एक चोटि बनाएपछी जीवनभर का लागि हुन्छन। तर यो fast life मा कस्ले मेरो
मित्रतालाई पर्खिरहने? सबै आफ्नना गन्तब्यतिर लागिरहेका छन अनी म चै बाटो हराएको यात्री
भएको छु।
"यो अमेरिका मा एउटा boyfriend
त हुनैपर्छ बुझीस। धेरै support हुन्छ।"
सुस्मा ले एक साँझ भनेको कुरा सम्झीरहन्छु। उस्ले फेरी सोधेकी थी " दीप्ती साँचै
भन त तँलाई अहिलेसम्म कोही मन परेको छैन? तँलाई त धेरैले मन पराए होलान नि। ३२ मा ३२
लक्छ्यन छन तँ सँग। बुझिस म केटा भइ दिएको भए त तँसङै घरजम गर्थें।" “This
is America darling कि गर्छेस त मसँग घरजम" मैले जिस्क्याएँ। " अँ निरजले
धोका दियो भने गर्नु पर्ला" उ पनि जिस्की।
मलाई सुस्माको साथ न्यायो लाग्छ। मनमा
केही कुरा लुकाउँदिन। तर मैले भने त्यो दिन पनि आफ्नो कथा उस्लाई सुनाउन सकिन। उ जस्तो
खुला किताब कहाँ हो र म? म त कपटी छु। आफ्नना हरेक कुराहरुलाई मनको सन्दूकमा चाबी लगाएर राक्छु। साथीहरुले पनि पहिले भन्थे " केटी मान्छेको रुद्रघन्टी
हुँदैन भन्थे तर यो दीप्तिको त ३, ४ वटा छ कि के हो, खै तेरो घाँटी देखा त" भनेर।
म सधैं "मेरो रुद्रघन्टी पेटमा छ" भन्थें। कती रमाइला थिए ति दिनहरु। १६, १७ बर्षको उमेरको उमङ, उस्का मायालु हेराइमा
बढ्ने ढुकढुकी अनी रङीन संसारमा हराइरहने मन। किन हामीलाई बर्तमान को महत्व अतित भए
पछी मात्र थाहा हुन्छ?
" कस्तो decent छ यार सुमन"
+२ पढ्दा हाम्रो classको केटीहरुको लागि hot topic थियो सुमन। उनिहरु सुमन मेरो र तेरो
भनेर झगडा गरीरहन्थे म मनमनै हाँसेर सुनिरहन्थें। हाम्रो सम्बन्धको बारेमा कसैलाई थाहा
थिएन। होइन मेरो दादालाई थाहा थियो। त्यसैले त जिस्काइरहनुहुन्थो "काली पनि ठुलि
भइछे अब" भनेर। +२ सकेर उ बाङ्लादेशमा एमबिबिएस गर्न जाने भयो म नेपालमा नै पढ्ने
भएँ। उ बाङ्लादेश जानु भन्दा अघिल्लो रात थियो त्यो दादा माथिबाट कराउनु भयो
"काली तेरो सुमनको फोन आयो" भनेर। तेस्रो पटक फोन गरेको थियो उस्ले, त्यो
दिन हामी छुट्टीएपछी। मन दुखी थियो, आँखामा आँसुहरु पनि टल्पलाएका थिए। उ पनि चिन्तित
थियो। तर पनि सुनौला दिनहरु आउनेछन भनेर हामी छुट्टीएका थियौं। ८ बर्ष भइ सकेछ तर त्यो
बेला कल्पेका सुनौला दिनहरु फेरी फर्केनन।
केवल स्मृतिमात्र बाँकी रहे।
उ गएको ३, ४ महिनासम्म चिट्ठी र फोनमा हाम्रो कुराकानी
भइरहन्थ्यो। २ महिना पछी गर्मी बिदामा आउँछु भन्थ्यो। त्यस पछी धेरै दिनसम्म न फोन
आयो न त चिट्ठी नै। सुरुमा त busy भयो होला भनेर खासै वास्ता गरिन तर पछी पिर लाग्न
थाल्यो। उस्को होस्टलमा फोन गरे उसङै गएको
साथीले receive गर्यो। मैले "सुमन खोइ" भनेर सोधें। "दीप्ती सुमन त
१५,२० दिन देखी हराइ राखेको छ। पुलिसमा रिपोर्ट गरेको छ तर अहिलेसम्म केही पत्ता लागेको
छैन। त्यो दिन town जानु छ भनेर गएको थियो तर फर्किंदै फर्किएन। उस्को दाई पनि यही
आउनु भएको छ तर केही थाहा भएको छैन" उस्ले दुखी भएर सुनायो। पहिले त विश्वाश नै
लागेन। किन joke गरेको जस्तो लाग्यो। उस्को घरमा फोन गरेर सोधें। उस्को ममिले रुँदै
सबै कुरा भन्नु भयो।
कसरी हराउन सक्छ र उ, बच्चा हो र हराउनलाई?
तर उस्को केही पत्तो नै लागेन। सबैले उ मारीएको निस्कर्स निकाले तर उस्को शब पनि कतै
भेटिएन। मैले उस्को मृत्यु स्विकार्न सकिन। कसरी स्विकारौं म उस्को मृत्यु? मृत्यु
भनेको त आत्मा बिनाको सरीर हो तर उस्को त न आत्मा छ न त सरीर नै। शायद हराउनु भनेको
त्यही हो। यो त मृत्यु भन्दा पनि भयन्कर रहेछ। मृत्यु त एउटा अन्त्य हो र हरेक अन्त्यसङै
एउटा नयाँ सुरुवात हुन्छ। तर म न तिमी मर्यौ भनेर अगाडि बढ्न सक्छु न त एक दिन आउने
छौ भनेर प्रतिक्षा। मृत्युले त आफ्नो अस्थित्व निर्जीव शरीर छोडेर प्रमाणीत गर्छ तर
हराउनु कुनै प्रमाणिकता नभएको भोगाइ रहेछ। जीवन र मृत्यु मात्र २ सत्य रहेनरहेछन। हराउनु तेस्रो
सत्य रहेछ। एउटा बिचित्रको अवस्था, एउटा घिड घिडो।
walmart तिर वा जहाँ काही म missing
भनेर टाँसिएका फोटोहरु देख्छु ति सबै अनुहारहरु प्रश्न चिन्ह जस्ता लाग्छन। हरेक मृत्युलाई
मान्छेहरुले आ आफ्नो दर्जा अनुसारको भाग लागाउँछन् अनी आफ्नो भाग अनुसार शोक प्रकट
गर्छन् तर एउटी आमले छोरो हराउनु, प्रेमिकाले प्रेमी हराउनु, पतिले पत्नी हराउनु वा
छोरीले बाउ हराउनुमा केही फरक छैन। त्यहाँ हरेका लागि केवल एउटा रहस्य हुन्छ। एक अनुतरित
प्रश्न। मलाई " त्यस्तो पनि हुन्छ?' "साँच्चै हो र?" जस्ता थप
प्रश्नहरु मन पर्दैनन त्यसैले त यी सब कुराहरु लुकाएर राक्छु। मरेका मान्छे स्वर्ग
वा नर्क जान्छन अरे तर हराएका मान्छे कहाँ जाँदा हुन? मरेर गएका मान्छेहरुले हामीहरुलाई
हेरिरहेका हुन्छन अरे। के हराएका मान्छेले पनि देक्छन होला? सुमन यदी तिमीले मलाई देख्न
सुन्न सक्छौ भने एउटा बिन्ती छ। तिमीले लगेको मेरो मन तिमीसङै हराएको छ। मलाई त्यो
मन फिर्ता पठाइदेउ। म त्यो मन कहिल्यै नहराउने वाचा गर्ने मान्छेलाई दिन चाहन्छु।
अस्तु
Last edited: 06-Nov-08 03:15 PM
|
|
|
|
gal1
Please log in to subscribe to gal1's postings.
Posted on 11-07-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nakkali Keti,
Wow...Good Job. Hoping to read more!!!
|
|
|
throughnepaltous
Please log in to subscribe to throughnepaltous's postings.
Posted on 11-07-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
haawaa
Please log in to subscribe to haawaa's postings.
Posted on 11-07-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
harauna lai ta sajha maa pani harauchan mancheharu. aba naam nai tokna namilne. k garne?
Last edited: 07-Nov-08 12:54 PM
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 11-07-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
“हराएको” (missing) भन्ने मामला प्रति असम्बन्धित मान्छेहरुमा समाचारिय अम्वेदनशिलता वा अचिन्ता (indifference, aloofness) हुँदोरहेछ । नक्कलीज्यूको यो लघुकथाले त्यस असम्वेदनशिलतालाई तोडेर “हराएका” का प्रियजनले खेप्नुपर्ने विशेष पीडाको एक फाँको अनुभूति झ्याप्प दिलाईदियो बाबै ।
पीडानुभूतिको लागि धन्यवाद र मर्मस्पर्शी कथाको लागि बधाई, नक्कलीज्यू !
यो त्यति रुमानी तुलना त हुँदैन, तैपनि नेपालमा राजनैतिक कारणले “गायब पारिएका” (disappeared) व्यक्तिहरुले भोगीरहेका पीडा पनि कल्पनामा आयो ।
पछिल्लो पटक नेपाल जाँदा मैले एकजना आफ्नो छोराको “disappearance” बाट पुरै टुटेका बाबुसंग कुरा गर्ने मौका पाएको थिएँ । मेरै जिल्लाको एउटा पर्यटकिय शहरमा राम्रो स्तरको रेस्टुराँ २०-२५ वर्षदेखि सफलतापूर्वक चलाएर बसेका उनको रेस्टुराँमा जब म पुगें, मलाई विश्वासै भएन यो त्यही रेस्टुराँ र त्यही साहु हुन् । त्यो कुनै पाटी जस्तो थियो र उनी मणी हराएको सर्प जस्ता । उनीसंगको दुई घण्टा जतिको कुराकानीबाट मैले पहिलो पल्ट उनको जस्तो पीडासंग साक्षात्कार हुने मौका पाएँ । त्यसले ममाथि ठूलो प्रभाव पारेको छ । राजनैतिक सम्झौता राजनैतिक व्यावहारिकता भए पनि न्यायको मामलामा भने कुनै सम्झौता, कुनै वेवास्ता, कुनै क्षमा गर्नु हुँदैन भन्ने बलियो विश्वास र अठोट जगाईदिएको छ त्यसले ममा ।
राजनैतिक digress को लागि क्षमायाचना, तर केही सान्दर्भिकै लागेर यो प्रसंग झिकेको हुँ ।
अन्त्यमा, एकपटक फेरि यस्तो सन्देशपूर्ण र मर्मस्पर्शी लघुकथाको लागि धन्यवाद र बधाई !
Nepe
|
|
|
Maverick
Please log in to subscribe to Maverick's postings.
Posted on 11-07-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-07-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम्रो छ नक्कली केटी। सुमनसँग कही कतै जम्का भेट भए, म भनिदिउला तिम्रो नक्कली तिमीलाई पर्खिरहेकी चे भनेर है। अरु पनि एस्तै रहस्य हरु पढ्न पाईन्छ होला भन्ने आशा गर्दछु।
|
|
|
The Invisible Star
Please log in to subscribe to The Invisible Star's postings.
Posted on 11-08-08 12:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नक्कली जी,
नक्कली जी को सक्कली जवाफ को लागि आदफ ।
हराउने मान्छे को चित्रन अबस्य पनि जिबित रुप म| गर्नु भयको छ सन्का छैन र गर्ने ठाउँ पनि छैन , बिचार आफ्नो आफ्नो हुन्छ अनी फरक पनि त्यो एउटा सत्य हो । आर्को अर्थ म हेर्दा बरु हराउनु सत्य हो । प्रतिक्षा कहाँ नै खतम हुन्छ र ? सम्झना र आत्मियत त्यो पनि सत्य हो । कथा म| खोट लगाउने ठाउँ नै छैन त्यो पनि अर्को सत्य हो अनी आफ्नो वास्तविकता बाट टाढा पुगेर सोच्न सक्नु पनि एउटा सत्य हो । हो जीवन एउटा सत्य हो तर एक पटक अली टाढा बाट हेर्दा मृत्यु सत्य हो न कि जीवन । सत्य के हो त, जुन अटल छ, अमर छ त्यो सत्य हो, जीवन अमर छैन, त्यो त एक दिन उडेर जान्छ तर मृत्यु अबस्यभाबी छ, त्यो सत्य हो । एश अर्थ म मेल मृत्यु लाई सत्य थानाको ।
|
|
|
nakkali keti
Please log in to subscribe to nakkali keti's postings.
Posted on 11-10-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Serial
धन्यवाद! लहरे
र
लहरीको
कथा
पनि
निक्कै
रमाइलो
थियो।
तपाईंहरुको
सुमधुर
सम्बन्धहकोलागि शुभकामना
।
nAyAni
अरुलाई परेको
पिडाको
अन्दाजी
भावना
मात्र
हुन
यी।
प्रसन्साको
लागि
धेरै
धन्यवाद।
o ho
I am so glad you like my posting. I really appreciate your comments.
Spring
Thanks for sweet words. I wish your life as colorful as your
words.
aveeral (nice nick!)
Believe me this is an imaginary story. Thanks so much for
such a nice comment.
gal 1
Definitely you will get chance to read more and hope I will
get Wow! again.
throughnepaltous
Thanks for reading and nice comment
hawaa
साझामा मान्छे
हराएर
साह्रै
tense हुनुहुन्छ जस्तो छ।
तपाईंले खोजी राख्नु भएको छ भनेर थाहा नपाएका हुन कि?
Nepe
तपाईंको प्रसँग राजनीतिक Digress जस्तो
लागेन। "हराएका" को अर्को पाटोको कथा हो त्यो। हाम्रो देशका बहु सन्ख्यक
को दुर्भाग्यपूर्ण कथा। बरु त्यो कथामा मेरो कथामा भन्दा वास्तविकता धेरै छ
।त्यो पाटोको बारेमा पनि अनुभुती गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
Maverik
Thank you
बिस्टे
कृपया तपाईंले
त्यो
मेरो
सन्देस
पुर्याइदिनु
भयो
भने
म
धन्य
हुने
थिए।
सुमनको
पहिचान्को
लागि
म
एउटा
फोटो
पठाइदिन्छु
है।
The Invisible Star
तपाईंले आफ्ना
बिचार
हरु
खुलेर
रखिदिनु
भयो
त्यस्कालागी
धेरै
धन्यवाद।
Hope to get feedback in future too.
Thanks everybody for reading this post.
-nakkali
|
|