[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 91010 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-12-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसि चोर् आएछन् है ssss गाम्ले हो , डोरि लिएर आउ सबैजना येहि रुख् मा बाधेर अर्को खसि फिर्ता नल्याउन्जेल् छोड्नु हुन्न अनि पिक्निक् जानु पर्छ खसि लिएर आहाsss sss!!
 
Posted on 12-12-06 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्लेहरु!

ओहो कस्तो रमाइलो भा'रछ चौतारीमा। मेरो भाग केक छ कि छैन?
यता पनि पानी पर्दैछ ।
 
Posted on 12-12-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुखैमा बाँधेछि खसि काँटी फिर्ता ल्याउलान् त फेरि? पिक्निक् जान त मजा हुन्तो नाई। :D
 
Posted on 12-12-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रामचन्द्रे, सुनी हालेउ क्यारे कुरो, अब बरु खसी ल्याउ, भतेर खाम्ला, अनि पुरानो कुरो बिर्सिदिम्ला। हैन भने त छोड्दैनन है गाम्लेहरुले।
 
Posted on 12-12-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पिउनिक जानलाई खसी तै तै, कुखुरो नि पाउन गार्हो पर्ला।
जमानामा माइलीको भट्टीमा कोदा झोल खाएर उपद्रो गर्दा नि बुढीभँज्याङ्का गामलेहरुले दुई दिन त बाँधेकै थिए । दुइटा सय नदेसम्म बाँधिराख्ने भनेर कुर्लेकाथिए बजियाहरु, हाम्रा बा ले मारे मार भनेर वास्तै गरेनन्। पछि हार खाएर छोडिदिए। घर फर्किदाँ त बुढा दंग परेर बसिराका हैछन, एउटा अन्नको शत्रु घटो भनेर।
 
Posted on 12-12-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त नि, रुखैमा बाँधेछि खसि काँटी फिर्ता ल्याउलान् त फेरि? खसी लिएर आएसि खसी को सट्टामा मुन्छे लाइ रुखमा बाधेर खसी लिएर पिकनिक जने दाउ होला नि तीरु को ।
पिक्निक् जान त मजा हुन्तो ।
:D
 
Posted on 12-12-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि त नेप्चे र सान्नानि कुरो तेइ भन्या खसि लिएर पिक्निक् जानलाइ भन्याहो क्यारे चोर् सारै ज्याद्रो जस्तो छन् सुनेनौ बुढीभँज्याङ्का कुरा सान् स सुनाको उस्ssssss त्यस्ता कुरा ....यो चौतारि गाम् हो के त्यसै त कस्ले छोड्ला र ऐले पो कोहि छैनन् त पख तिमि खसि चोर्ssss हाम्रो पुन्टेदा ,जिम्माम् बा, कुम्ले,ग्वाचे, याहो,मिस्टे, नमे दादा, गालब् , हरि,चित्रे अनि सपै मिलेर तिम्लाइ दोरि ले बाँधेछि थापाउछौ :(
 
Posted on 12-12-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्रे मान्छे त जब्बरै छ जस्तो छ, पैले नि भक्कु मार खा रे छ। यो चौतारी त बुढीभँज्याङ जस्तो हैन है, छोड्दैनन।
:D:D
 
Posted on 12-12-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु तिमि त्यो चोर् कता भाग्ला हेरिराख म छिट्टै सबैलाई बोलार् ल्याम्छु है त। :P

ए गाम्ले होssssssss झट्टै आओ झट्टै ह्याँ एउटा खसि चोर् आछ। खुब् सान् पनि देखाइराछ, ठिक् पर्नु पर्छ झट्टै आओ न
 
Posted on 12-12-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्ता राक्षसहरुको फेला परिएछ। फेरि पिकनिक भनेर भुतुक्क नि परेकाछन्, त्यो राजेश हमालको फिलिमआँ जस्तो पिकनिक गएर नाचगाना गरम्ला भनठानेका होलान, बित्त्पातेहरु। अब मोइले कता गएर खसी ल्याउने , कहाँ गएर चोर्ने। फेरि चप्पल नि चुँडेको छ, पोलेर जोड्दा जोड्दा अब त औंलो छिराउने ठाम नि बाँकी छैन। बरु चप्पल सप्पल छोडेर भाग्नु परो जस्तो छ, खसी भन्दाभन्दै मोलाइ नै खसी बनाउने जमर्को गरे भने के गर्नु। बुढी आमैलाई नाति नातिनी कताट जुराउनु।
 
Posted on 12-12-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो ? ??!!! को हो त्यो रामचन्द्रै बज्जिया!!(रिसानि माफ है ) त्यसै भाग्न दिन हुन्न है । यसैले पो खसि चोरेकोर'छ र ब्या रोक्या र'छ :(
जिम्माल बा लै आम्न त देउ तिम्लै रामचन्द्रे !! चौतारियाँ आ'र चोरको कुरो अर्ने
पुन्टेदाको फेळा परे था'पाउ'च रामचन्द्रे बज्जियाले :P

लु सप्पैलै है के छ ? भनेर सोधेको :)
 
Posted on 12-12-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्याssss खसि चोर् लाइ खसि फिर्ता माग्ने मात्र होइन ३ मुइना को चौतारि भाषा किलास् (बित्पाते?!हाम्रो गाम् मा यस्तो भाषा बुझ्दैनम् ) मिस् ले लिनु पर्ला जस्तो रे'छ .
 
Posted on 12-12-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबो हाम्ले जस्तो जान्या हो तेस्तै बोल्ने, चाहिनिज बोल्या हैन क्यारे। तिम्रा गाममा हाम्रो भाषा बुझ्दैनन् भने, हाम्रा गामको पण्डितलाई डाक न, त्यो चाइन्जो के भन्छन टरान्सलेटर को काम गर्छन, गाम गाम बीच।
 
Posted on 12-12-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तिरु 'बित्पाते' तिमीलै नै भनेको हुनुपर्छ रामचन्द्रेले
 
Posted on 12-12-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि खसी चोरेर ब्या रोको भन्नु त ठूलो खडयन्त्र जस्तो पो लागो त मोलाइ । हाम्ले त ब्या सकेछि गुम्टाको हो त्यो बोसैबोसो भाको खसी
 
Posted on 12-12-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो हाम्रो गाम् तिम्लाइ राम्रो ला'र बस्छु भन्दै आ'छि तिमि नै लेर आउ न तिम्रो गाम् को ट्वाके पन्डित्। अनि कसरि गर्दो रे'छ टिरान्स्लेटर् हेरुम् हामि पुनि तेस्को टाउको मा ढुङा ले बजारेनम भने त के?
 
Posted on 12-12-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोक्या त हो नि जुरेलि को ब्या । तिम्ले भनेर हुन्च रामचन्द्रे !!मेरै आखआँले देखेकिम।
तितौरी रिसाउलिन फेरि बित्पातेको अर्थ नबुझेर
:)
बित्पाते=अति चलाक, चतुर
 
Posted on 12-12-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए के को हल्ला खल्ला यो राती हुँदो चौतारीमा ?
ओ मिस् अनि तितौरी पो दर्शन गरे है मिस् अनि हाइ तित्स्! वोट्स् अप ?
राम्चन्द्रे ओए सोम के छ ?
के हुँदै छ ?
किन चिच्याएको ?
झार्दिम मकै चपाउने बाङ्गरा ?
मिस् ठीक पार्दिम एस्लाइ ?
 
Posted on 12-12-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाडपर्वाँ राक्षसले जस्तो मासु च्यातेनि, मार हान्ने कुरो सम्झँदा त फत्याक फुतुक पग्लने यो हात, रामचन्द्रेको ज्यान लिन के सक्ला? बाँधेर धम्कि मत्र दिम्, तेस्का बा "मारे मार" भुनेर अरठ्ठेर बस्दो रे'च झन्! हुन पनि यस्ता डुकुलट्ठक छोरो भा' भे त आफू पुनि मारे मारो भुनेर मुन्टो फर्काईदिन्तिम् होला के रे। फेरि यस्ता छोरा त यिनका बा को देशभरि कति छन् होला कति!

बाँधेर पुगेन, मार्न सकिएन। यस्लाई चईं यातना दिएर मत्रै राख्न परो। हात खुट्टा भाँच्न भाँच्नऽऽऽऽऽऽऽ ला' जस्तो मत्र अर्नि, पिटिक्कै चईं हुन नदिनि। सिस्नु पानी बेस्कन लाउनि। भरखरै चाईन्जो शान्ति सम्झौता भ'र जनसेनाऽट मुक्ति पा'र आ'छ पल्ला घरे बलराँको माईलो छोरो, तेसैलाई जिम्मा लाम्न पर्ला!

नाम चईं रामचन्द्र रे, बोली बेहोरा चईं दश खप्परे रावणको जस्तो त नि! माउवादी लाईदिम्? ङुरररररररररररररर हाऊ!!!!!!!!!!

ल, हेर केटकेटी हो! यस्लाई बाँधेर चईनि, ५ दिन सम्म खान नि नदिनि। अनि पिउनिक लानि, त्याँ नि नजिकैको रुखाँ बाँध्नि। अन्खेरुन्, हामी रास्सिलो मुख पार्दै अर्को खसी क्वाम् क्वाम् चपाम्ला, तेस्लाई देखा'र मत्र। को खाई, को खाई? गर्दै खसि को चोउटो तेस्को मुख नेर नचाम्ला, सुघ्न सम्म दिम्ला, अनि हामी आफै क्वाप्प पार्नि!

खसी ल्याउने भए ल्याउ हेर, रामचन्द्रे, हैन भने....ङुरररररररररररररररररररररररर हाऊ!!!!!!!! >:-o
 
Posted on 12-12-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बङ्गारो त जमानाआँ भैंसीबाट लोटेर झरिसको। त्यसपछि त मकै का ठेट्ना चपाउन नि पाको छैन, घरि मकैको पिठो को हलुवा खाको छ घरि त्यो के भन्छन पपकरन मात्र। अबो अलिअलि बाँकी रहेको दाँत नि झार्छौ भने मकै खाने रहर भनेको पानीमा घोलेर पाइपले तान्नुआँ मात्र सिमित रहेने भो। भइहालो, म बरु खसी ल्याउँला। बरु कसैले चप्पल दिए हुन्थो। अलि जाडो नि भाको छ , त्यो एल.टी लेखेको जकेस नि पैंचो दिनु, खसी लिएर आउने बित्तिकै त्यो फिर्ता गरम्ला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters