चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दीपको नाउँ रास्टपतीआँ छैन रे??? केइ छैन दीप तेस्तो जाबो रास्टपती सास्टपती भन्दा नि हेरि ततच्वाँ पट्टी ध्यान दिम बरु हामि! अझ २-४ बर्ख चाइन्जो ढिलो अरो भन्देखुन त आँखो धमिलो भ'र बिबिसि पनि ततच्वाँ देखिन्छन बाबै! अनि जालाँ परियो भन्देखुन " मन चङ्गा है तो लोटेमे गंगा है" भन्दै आफ्नै मन बुझाउनु पर्ला! खैनि छ???
४ लाइन मात्र भो भनेर, थपथाप पारेर भे'नी पाँच लाइन पुर्याएर छाडे जिम्मालेले यस्तो हुन्छ नियम कानून भनेको सबैमा लागु हुनुपर्छ के छ जिम्माल बा? अब २-४ बर्ष कुर्यो भने देखी त आँखा मात्र धमिलो हैन, बोली पनि फुस्किन सक्छ बोल्दा बोल्दै दात नभ'र नमस्कार !
तारेमाम्म बिर्खे बा, रिट्ठे पट्ठो, हर्के , चित्रे, ग्वांचे फेबे सबै मा अभिबादन।
पात्ते बुढाहरुको मात्ते कुरा। ततच्वाँ तिरै ध्यान, ज्ञान बिज्ञानको कुरो छैन। उमेर छंदै , माइनस प्लुस चस्मा न लगाउदै हेर्नु पर्थ्यो नि। बेलाँ बुद्धी पुर्याए पो? लौ हाम्रो आँखा हेर, गुलुप टल्के जस्तै अँध्यारोमा नि झलमल्ल देखिने। उहिले उहिले स्वयम्भूमा पूजा गर्न आउने धेरै पूजा हरु घरैको कौशी बाट हेरिन्थ्यो। गनिन्थ्यो। आँखा पनि तन्दुरुस्त, मन त झन मस्त मस्त। बेलाँ हिरा फोर्नु पर्छ भन्थे, त्यसइ होइन रे छ।
दाँतको के कुरो गर्नु रिट्ठे काजी, हेरि केट्केटि बेलाँ गुलियो खा'र गोडा दुईचारेक बङ्गारा ओडार जस्तो भओ! तरुनो बेलाँ बुरुस लि जस्तो बन्न भनेर दुई-चार जना धम्मरधुसे सँअ जोरि खोजेर अगाडिका गोडा चार पाँचेक दाँत थुतुनो बाट भुइँतिर बसाइँ सरे! अब हेरि बुडेसकालाँ बाँकि भा' अलि अलि दाँत नि सुख्या सालको बुटा जस्तो खर्लङ खर्लङ अर्छ!
ठुल्दाई, हेरि बेलाँ हिरा फोर्न नखोज्या त कहाँ हो र हाम्ले पनि, स्वयम्भू नि खुब धाईयो, ब्यान ब्यानै बिज्जेस्सोरी देखुन राता, पँहेला, गुलाबि लुगा ला'का षोडसिहरुको पछि पछि स्वयम्भूको खुड्किलो उक्लेर उता सरस्वोतिथान सम्म राउन्ड माथि राउन्ड लगाम्दा नि कसैले फुट्या आँखाले नहेरेसि आनन्दकुटीमा आफ्नै पाराको आनन्द मना'र दिन बिताइयो पर्भु! आफ्नो कर्ममा त पानी चिट्ठा खेल्या जस्तो मात्र भओ सधैँ, हेर्दा पैसो ठ्याक्कै बिर्को भित्र पर्छ जस्तो लाग्ने पैसो फालेसि पानीमा ढलपलढलपल हुँदै साइडमा गएर बजारिने! कर्मै खोटो हो कि के हो बुझे मार्दिनु!
खवातिन मिसमिर बानो, नेपाल अवामकी एक निहायत हि बेहतर लब्ज नेवारि कि तालिममे मशगुल है! कुछ नेवारी लब्ज कि नुमायिश हो जाय तो इस बन्दे कि तबियत-ए-बाग मे चार चाँद लग जाएंगे!
त्यो पानी चिट्ठा नि अचम्म को है, बिर्खे बा, हाम्रो जमानाको। धेरै धेरै बिर्खेबा हरुलाई उल्लु बनाए। आफुले नि बल्लतल्ल जम्मा पातेको १० पैसे सिलेबर को ढ्याक गुमाइयो। शायद म्रिगत्रिष्णा भन्ने यही हो कि?
त्यस पछी आए, क्यारेम बोर्ड को गट्टी को खेल, धेरै लाई झुक्याएर बिल्लिबांठ गरे। अहिले अली आधुनिक भए छ, ठग्ने कला। हतार मा कतार जान्छन, आँफै बेचिन्छन। हुंदा हुंदा अमेरिका मा समेत कतार भन्दै हतार मा आइपुगे। सपना बेच्नेहरु धेरै छन। सपना किन्नेहरु अनिगिन्ती। हामी आँफै बेची रहेका छौं। हिजो मुम्बई र कलकत्ता मा आमा बाहेक सबैलाई बेच्थे रे। आज आँफै लाई बेच्न थाले।
हरियो डाँडाँ माथि हलो जोत्ने साथी हो हो माले हो, हो हो काले हो
के गर्दै हो गाम्ले हो तारेमाम है सबैलाई हिजो मान्छे हराएको सुचना सेमत तासेछ अनी रित्थे ले उमेर चाँही आफ्नै हले जस्तो छ अनी उचाइ चाँही जिम्बाल को. पाँच लाइन पुग्यो है,
हैन कोड रे? के को कोड परेछ त त्यो कोलन र ब्राकेट, छु ध्याउ फेवे भईहाल्छ नि, बरु फेवातालमा बसेर बात मार्नु पैले एक्छिन यही चौतारी मै बात मारम्ला नि हुन्न? भनेपछी पानी चिट्ठाले बुढाहरुलाई लल्लु बना'रैछ क्यार उ बेलाँ जोगबनी स्टेसनमा एउटा भलादमी मित्रको ५०० खाइदेको छ त्यो क्यारमको गोट्टी घुमा'र धोतीहरुले
गाई लाई चराउदै इ झर्यो निर्माया पात बजाउदै &&&& तारेमाम अनी मंगलवारे जदौ सप्पै गाम्लेहरु लाई मोटो मंगलवार हो क्यार आज त, मारडी गाउ मा जाने मन थ्यो गैएन एस्पाली नि चित्रेले सप्पैको नाम थर ठेगाना समेत राखेछ, दुई चार गाम को नाम चै अली दिमाग मा छिरेन - स्याउ खाको गाम,मायालु गाम बाजुरा,विस्कान्छि,बाटो नभाको देश
लोल! लहरे रिट्ठेले आफ्नो उमेर राखेछ र जिम्मालको उचाइ राखेछ रे? भन्या मतलब त्यो २८-३० तिम्रो उमेर होइन र?? अली कम भएछ क्यार अब २-४ बर्ष त तल माथि भाईहाल्छ नि अनी लहरेलाई अझ थाहा रइनछ जस्तो छ, जिम्मालबाको उचाइ तानतुन पारेर पनि ४-५ फीट पुग्दैन भनेर तरुनो हुँदा बुढा अल्गो त निक्कै अल्गै हो रे, तर पछी भिटामिन धेरै भएर घट्दै गा' हो रे भन्ने सुन्या हो
मिस दिदी ले अचमै गरिदिएओ बाइ ल जा मिस दिदी नेवारी भ्या को पाँच क्लास पास छु धाउ भनेको चाँही के भनेको भनेको तीन तीन वता भनेको baai पाँच लाइन त पुर्याउनै पर्यो ल पुग्यो
वो रित्थे के छ हिजो मेरो अद्दाको एन्त्रको भन्दार भत्केर केही गर्नै पाएन, आज बिहान मात्र ठीक भयो हिजो राती चाँही आफ्नो टाउकोले ढोका दिएर दुखेको ले आउनइ पाएन, अनी चाडै ध: गरे। आज देखी हाम्रो गीती लहर सुचारु रुप्मा सुरु हुन्छ
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.