[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्बन्ध

[Please view other pages to see the rest of the postings. Total posts: 177]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 71631 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-25-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथाका बिषयबस्तु, पात्र र  घटना  सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।

बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्‍यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए।    
आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। 
 
जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो।
 
बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो। 

"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर।
सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार  सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन।
 
**************************************************************************************************************************************
 
सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो।  एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार  गर्ने मान्छे हुन्छ, कुबाटो  तिर लाग्ने डर हुँदैन  भन्ने उहाहरुको धारणा थियो।  सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ।
 
निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS  मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको  जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको  छ महिना भित्रै घर किन्यो।  अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्‍यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्‍यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो।
 
त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन।
 
"कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो।
भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्‍यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्‍यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्‍यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।

काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात  बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।

घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो  दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्‍यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।

क्रमश:

 
Last edited: 25-Jul-08 10:20 AM

 
Posted on 08-01-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा साथी तिमीलाई माइन्ड गरे जस्तो लाग्यो कि क्या हो? मैले त त्यत्तिकै जिस्काएको पो हो त। अगाडिको पार्टमा पनि एउटा कम्प्लेन गरेको थिए फेरी अहिले पनि अर्को कम्प्लेन गरे। हो नि मलाई थाहा छ यो त सबै काल्पानिक हो। तिम्रो दुबइ कल्पना एकदम सान्दर्भिक छ, शारिरिक मिलन को बारेमा त्यो धेरै केटामा मिल्ने कुरा हो अनी फेरी ज्याकेटको कुरा पनि एकदम सहि हो। लेदर ज्याकेट हरु अती नै महँगो हुन्छ, तिमीले त प्राइसमा पनि रिसर्च गरे जस्तो लाग्यो हे हे। मेरो एउटा साथीले अस्ती भर्खर ६५० युरो हालेर कालो लेदर ज्याकेट किन्या छ। मैले भनेका कुराहरु हासो मजाक को लागि हो।

---
अनी अनिताको कुरा, बिचरा उसको नाम सावर्जानिक गर्‍यो भने त उसको पोइले लखेटी हाल्छ नि अर्को दिन, त्यो काल्पानिक नाम हो।

ल त है लेख्दै गर, हामी पढ्दै गर्छौ, बेला बेलामा रमाइला कमेन्ट गर्छु, फेरी अहिले जस्तो सिरिएस भएर कमेन्ट नदेउ ल


----------- P S -----
अब त दसैं पनि आउन लागि सक्यो

 
Posted on 08-01-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice dipika02.  i guess many can relate with this story.  aba mero pani pachhi testai hune hola.  hahaha
 
Posted on 08-01-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Weekend ma ghar jaanu bhanda pahile 5th part padna paye maa lai pani sancho huntheeo hola?

Lau na paskinu paryo 5 bhag!

 

Nepali Thita


 
Posted on 08-01-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी A,  साथी तिमी जिस्केको त थाहा छ नि। खाली अरुको नाम देख्दा मात्रै अली झर्सँग भएकी हो। त्यो पनि काल्पनिक नाम भए त के नै भयो र। हा हा हा त्यो ज्यकेट को पैसा चै मैले सुनेकी  हो  एकजना  एउटा दाइले भन्नु भएको    :)

AAAA, धन्यवाद! स्वागत गरे यो धागोमा। हो है यस्ता कुराहरु भोग्ने धेरै नै हुन्छन होला।

नेपाली ठिटा आज त म भ्यौदिन शायद सोमबार नै हुन्छ होला अर्को भाग चै। तै पनि भ्यए सम्म छिट्टै गर्छु नि है। सदभाव को लागि धन्यवाद।


 
Posted on 08-03-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika, you've such a great writing style! all your stories are very lively - want to keep on reading more and more. you take a simple theme, and present the theme in an excellent way. you've gotten a wonderful talent and intelligence. please make sure to provide continuity to your writing, and also finish this story soon . waiting for the next part..
 
Posted on 08-03-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका,

म पनि पढदैछु यो कथा। क्या गहिरो शीर्षक रैछ "सम्बन्ध"। अरु कथा भन्दा फरक रहेछ। शुरुवात राम्रो छ, घटनाहरुले कथालाइ अघि बढाँउदैछ, तिम्रो लेखन शैली एक्दम प्रस्ट छ। लेख्ने क्रम जारी गर है। बिच बिचमा धेरै आराम नगर।

कमेन्ट लेख्न नभ्याए पनि फुर्सद पाउनासाथ म पढ्छु है। ( Your story always  quenches my thirst to enjoy nepali reading.)

तिमीलाइ मेरो धेरै धेरै शुभकामना!

Prezz, kata muntichha?


 
Posted on 08-03-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी, ढिलाई भए नि दिल खोलेर पढियो। लाग्यो जिन्दगीका पानाहरुमा मनको कलमले कोरेका सुन्दर अक्षरहरुको दस्तावेज। आगो पानी हो जिन्दगानी।
 
Posted on 08-04-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ta dipika, monday bhaneko hoina????????????????

 


 
Posted on 08-04-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा धन्यवाद! त्यती धेरै बयान त नगर न कान्छा। पढिदिन्छौ र   हौशला दिन्छौ  त्यही नै  काफी छ।

क्रेज धन्यवाद यार!  कता बेपत्ता भएकी फेरी? झन मेरो प्रेरणाको स्रोत नै गायब भएपछी त्यो शुभकामनाले मात्रै त के गर्ला र? त्यसरी सुन्य पार्न पाईदैन है साझालाई। कथा लेखिराकी हो? हो भने मात्रै छुट छ नत्र त छोड्दैनम है हामी पनि। प्रेरणाले पनि सोधिराथी क्रेज खोइ भनेर। आफु गायब हुन्छे अनी अरुलाई कहाँ मुन्टी रे। मार्ने भई अब प्रेरणाले।

ठुल्दाइ धन्यवाद! लौ हजुर पनि आगो कै कुरा गर्नु हुन्छ त? फेरी पढ्नु पर्‍यो कथा मैले आगो शब्द कता लेखेकी रइछु भनेर :) हजुरहरुको प्रेरणाको त नतिजा हो नि दाई यो।    

एकल मैले आज टाँस्छु भनेकी थिएँ तर मैले आज भ्याइन। अर्को भाग भ्याएसम्म छिट्टै टाँस्नेछु है।   I am sorry :(


 
Posted on 08-04-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  uff... dbl posting. 
Last edited: 04-Aug-08 03:02 PM

 
Posted on 08-04-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-05-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त? दिपीका नानूsssss! ए दीपीका नानूssssss! दीपीका होssssss!!

लौ न केइ सम्झेर नि रमाइलो छैन, कथा टाँस न होssssss!!!


 
Posted on 08-05-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiting........
 
Posted on 08-05-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ५.....

त्यो दिन निरनको मनमा चलेको आँधी त थामियो तर सपनाको मनमा भने केही उदासिहरुले बास लिन थाल्यो। दिनभर घरमा एक्लै हुन्थी सपना। फुर्सद नै फुर्सद हुन्थ्यो र जती फुर्सद भयो उती दिमागले सोच्ने मौका पाउथ्यो। उस्लाई आफ्नो सम्बन्ध प्रती डर लाग्न थाल्यो। उ आँफैलाई प्रश्न गर्न थाली "के मैले जिन्दगी भर अब आफ्नो इच्छाहरुलाई दबाएर राख्नु पर्छ?", "कतै यो सम्बन्धमा गाँसिन मैले हतार गरेकी त होइन?" , "निरन कतै म सँग अषन्तुस्ट त छैन ?" यस्ता यस्ता प्रश्नहरुले सपनाको मन खन्न थाल्यो। जती प्रश्न उठायो ति प्रश्नहरुले थप प्रश्नहरु उठाउथे। तर जवाफ पाउदिनथी। मन झन बिथोलिन थालथ्यो अनी निरनलाई फोन गर्थी। निरनको स्वर सुने पछी अघी देखी मनको सागरमा उर्लेका छालहरु आँफै बिस्तारै किनारा लाग्थे र साम्य हुन्थे। फोन राखेपछी निरनलाई सम्झिन्थी। उस्को थकित अनुहार र दिनभरीको काम सम्झेर  आफ्नो मनमा अघी उठाएका तरङहरु प्रती आँफै पछुतो गर्थी।
 
निरनले काममा भित्र भित्रै अली अली हल्ला सुनिसकेको थियो अब उस्को बिभागबाट पाँच जना निकालिदै छन भनेर। यदी त्यो सत्य भयो भने उ पनि त्यस्मा पर्ने निस्चित नै थ्यो। काम निस्किन साथ उस्को र सपनाको status जोखिममा पर्थ्यो।  काम गएपछी घरको mortgage, गाडी को payment अरु घरका सामान्य खर्च, सपनाको पढाई यी सबकुरा सम्झेर झन दिमागमा तहल्का मचाउन थालथ्यो। उस्लाई थाहा थियो समस्या को समाधान चिन्ता गरेर होइन  हल गर्ने उपायहरु सोचेर गरिन्छ। उ अरु ठाँउमा पनि काम खोज्दै थियो। सपनालाई भनेर मात्रै न त्यो समस्याको समाधान हुन्थ्यो न त उस्ले कुनै हल नै पत्ता लगाउन सक्थी। फेरी उस्लाई ति कुराहरुमा धेरै ज्ञान पनि थिएन। त्यसैले निरनले सपनालाई केही भन्दैनथ्यो। आफुनै समाधानका हलहरु खोजिराथ्यो।  
 
निरन आजकल घर आएपछी ड्रिन्क अलिक बढी गर्ने भएको थ्यो र  टि. भि. का च्यानल हरु बाटार्दै बस्थ्यो। सपना त्यही उस्को छेउमै हुन्थी, निरन एकसुरमा हुन्थ्यो। सपना निरनको छेउमै भएर पनि कहिले काँही निरन भन्दा कयौँ कोश टाढा पाउथी। ति कुराहरुले सपनाको मनलाई धमिरो ले भित्र भित्रै काठलाई खोक्रो बनाएझैं खोक्रो बनाइराथ्यो। त्यो क्रम झन दिन प्रती दिन बढीरहेको थ्यो।   
 
सधैं झै आज पनि निरन घरभित्र छिर्यो। सपनाले अधरमा मुस्कान फिजाएर ढोका खोली। निरन थकित देखिन्थ्यो। भित्र छिरेर सोफामा थचक्क बस्यो।
 
"खाना खाने होइन निरन?"--- निरनको थकित अनुहारमा हेर्दै सपनाले सोधी।
 
"म अहिले खान्न तिमी खाउ"---लुगा फेर्न माथि कोठातिर लाग्दै निरनले जवाफ दियो।
 
"मैले एक्लै कहिले खाएको छु र निरन?"--रुखो स्वरमा सपनाले भनी। उ एक्लै कहिले खाँदैनथी। बरु निरनलाई कुरेर बस्दा कती चोटि सोफामै निदाउथी र निरनले उठाएर खुवाउथ्यो तर निरनले नखाए सम्म उ पनि खाँदैनथी। निरनलाई त्यो थाहा हुँदा हुँदै पनि एक्लै खाउ भनेको सपनालाई मन परेको थिएन।
 
सपना पकाएको भाँडाहरु माझ्दै थीइ। मनमा बिस्तारै निरनको भनाइले उस्को मनमा उठेका लहरहरु रिसाउन खोज्दै थिए र उ त्यो थम्थम्याउने प्रयत्न गर्दै थीई।
 
निरन तल आयो र एक पेग ड्रिन्क बनायो।
 
"निरन तिमी आजकाल एकदम बढी पिउने भएको छौ, त्यो राम्रो होइन"---सपनाको स्वरमा नैराश्यता मिसिएको प्रस्ट सुनिन्थ्यो।
 
निरन केही बोलेन। चुपचाप ड्रिन्क बनायो र त्यो लिएर सोफामा गएर बस्यो र  टि भि खोल्यो। निरनको मौनता ले झन सपनालाई भित्र भित्रै पोलिराथ्यो। निरनको मनमा धेरै कुराहरु खेलिराथे शायद त्यसैले एउटै च्यानलमा पाँच सेकेन्ड भन्दा बढी अडिन सकेको थिएन। सपनाको मनमा उर्लेका लहरहरु छालमा परीणत हुन खोज्दै थिए  सधैं झैं किनारा सम्म पुराउने प्रयास गर्दै तल माथि गर्दै थीइ सपना। निरन आफ्नै सुरमा अर्को पेग बनायो र त्यो पछी फेरी अर्को। निरनलाई अब चाइ रोक्छु भनेर सपना तल ओर्लदै थीइ, निरनको सेल बज्यो। निरन अङ्रेजिमा कुरा गर्न थाल्यो। सपना निरनको नजिकै गएर बसी। निरनले दस मिनेट जती कुरा गर्‍यो र फोन राख्यो।
 
"कस्ले गरेको फोन?"---सपनाले सोधी।
 
"लिया"--- निरनले सपनालाई पनि नहेरी उत्तर दियो।
 
सपना छाङ्गाबाट खसे झै भई। उस्को मनभित्र नराम्रो भुँइचालो आयो।
 
लिया अमेरिकन थीइ। निरनको भुतपुर्ब प्रेमिका। दुई बर्ष जस्तो दुबै जना सँगै बसेका थिए। लियाको घर परिवारलाई निरनको बारेमा थाहा थियो तर निरनको घर परिवारलाई थाहा थिएन। भनेकै भएपनी बाबा र मामुलाई राम्रो लाग्ने थिएन त्यसैले भनेन। लियालाई त्यो कुरा चित्त बुझेको थिएन। निरनको बाबा र मामु उस्लाई भेट्न अमेरिका आउँदा पनि उस्ले लियालाई बाबा मामु सँग भेटाउन सकेन। लियाको मनमा त्यो कुराले नराम्रो छाप छोड्यो र उनिहरुको सम्बन्ध टुक्रिदै गयो र अन्त्य भयो।  पछी लिया अर्कै शहरमा सरेर गई। गएपछी पनि निरनलाई बेला बेला मा फोन गर्थी। अब उनिहरु राम्रो साथी भएका थिए। लिया सरेर गएपछी निरनले उस्लाई कहिले भेटेन। फोनमा कुरा हुन्थ्यो। लिया अब दुई छोरीकी आमा भईसकेकी थीइ र आफ्नो दुनियाँमा खुशी थीइ। लिया सरेर गएको पनि झन्डै चार बर्ष भईसकेको थियो। उस्ले निरनलाई सधैं राम्रो साथी को रूप मा लिएकी थीइ र निरनले पनि लियालाई त्यही नजरले हेर्थ्यो।  
 
निरनलाई  सपना प्रती को आफ्नो कर्तब्य र जिम्मेबारी राम्ररी थाहा थियो। उस्लाई विश्वाश थियो उ त्यो कर्तब्य निभाउन चुक्दैन भनेर। उस्को आफ्नो मनले  खिचेको हद र सिमा को रेखा उ कहिले नाग्दैन थ्यो। त्यो कसैको कर ले होइन उस्को आफ्नो रहर खिचेको रेखा थियो। उस्ले सपना सँग विश्वाशघात कहिले गर्दैनथ्यो।  आफ्नो जिम्मेबारी प्रती उ उत्तरदायी थियो।  उ आदर्श पुरुष नभएपनी एक असल पती थ्यो। विवाह को बन्धनलाई उस्ले इज्जत गर्थ्यो र लिया को कुरा उसैले भनेको थियो सपनालाई। तर सपना आबेसमा आएकी थीइ र निरनलाई दोषिनै ठानिरही। सपनाले लियालाई निरनको साथी होइन उस्को कुनै समयको प्रेमिका को रूपमा हेरी। मनमा लहरहरु त उठेकै थिए अब रिशालु छाल बनेर झन उर्लिन थाले।
 
"श्रिमती अगाडि हुँदा हुँदै पनि तिमी कसरी आफ्नो प्रेमिका सँग कुरा गर्न सक्यौ निरन? "--- सपना पहिलो चोटि यती रिसाएकी थीइ निरन सँग र यती कडा भएर कुरा गरेकी थीइ।  
 
"लिया मेरो साथी मात्रै हो सपना प्रेमिका होइन र कुरा नबुझिकन आरोप लगाएको मलाई राम्रो लाग्दैन"--- निरनको स्वर सानै थ्यो।
 
"दुई बर्ष सँगै बसेर, एउटै खाटमा सुतेर र दुनियाँलाई मेरो प्रेमिका भनेर चिनाएको मान्छे अहिले आएर केबल साथी मात्र कसरी हुन सक्छ तिमी नै बुझाउन त निरन मलाई"-- सपनाको आँखाबाट क्रोध को भल बग्न थाल्यो। 

"त्यो पुरानो कुरा हो। त्यो बेलामा उ मेरो प्रेमिका थीइ। अब होइन"---निरन सपनालाई बुझाउने प्रयास गर्दै थ्यो।
 
"अब होइन भने किन तिमी उ सँग कुरा गरिराछौ? तिमी एउटा विवाहित पुरुष हौ निरन"----आशु झार्दै कामेको स्वरमा सपनाले भनी।
 
"म विवाहित पुरुष हो भनेर तिमीले सिकाउनु पर्दैन सपना। मैले पतिको कुन कर्तब्य पुरा गरेको छैन त्यो भन। तिम्रो कुन इच्छा पुरा गरिदिएको छैन त्यो भन" ---अब निरनको पनि आवाज अली तिब्र भयो।
 
"मलाई भौतिक कुराहरुले खुशी बनाउनु पर्दैन। म तिम्रो श्रीमती हुँ। म चाहन्न तिमी आफ्नो पुराना प्रेमिकाहरु सँग कुरा गरेको। म त्यो सहन सक्दिन"---सपनाले सोची आज उ चुपचाप बसी भने जिन्दगी भर त्यो कुरामा सम्झौता गर्नु पर्छ। सपनाको स्वर झन ठुलो भयो।
 
"के अब तिमी मेरो श्रीमती भयौ भन्दैमा म सबै नाताहरु टुटाउदै जाँउ? कसैलाई पनि साथी नै नबनाँउ? मलाई त्यसरी हुकुम दिएको मन पर्दैन सपना"---निरन बिस्तारै आबेगमा आउन थाल्यो।
 
"मैले हुकुम दिएकी होइन, अनुरोध गरेकी हो निरन"---सपनाले आफ्नो आवाजलाई नियन्त्रणमा राख्न सकेकी थीइन।
 
"मलाई बिना कारण स्वर ठुलो गरेको मन पर्दैन। कि तिमी चुप लाग कि नभए मेरो अगाडि नै न आउ"---निरन सके सम्म स्थिती सम्हाल्ने कोशीश गर्दै थ्यो।
 
"किन म अगाडि न आउने? यदी त्यो केटी तिम्रो साथी मात्रै हो भने त्यो कसरी तिम्रो श्रीमती भन्दा प्यारो भई जस्को लागि तिमी आफ्नो श्रीमती सँग झगडा गरिराछौ"--- सपना झन झन आबेसमा आइराथी।
 
निरन हत्तपत्त रिसाउदैन थ्यो तर उस्को रिस कडा थ्यो। उस्को शहनशक्ती  टुट्यो भने त्यहाँ अनर्थ हुन सक्थ्यो। निरन जुरुक्क उठ्यो र गाडीको साँचो लिएर बाहिर निस्किन लाग्यो।
 
"कहाँ जान लागेको तिमी अहिले। श्रीमतीलाई जवाफ दिन नसक्ने कस्तो नामर्द तिमी"--- सपनाले निरनलाई तान्दै बाहिर जान बाट रोक्दै थीइ।
 
नामर्द शब्दले अघी देखी रोकिरहेको क्रोधलाई अरु रोक्न सकेन निरनले। उस्को शहनशक्ती टुट्यो र सपनालाई एक झापड दिएर सोफा भएनेर हुत्याइदियो र ढ्याम्म ढोका तानेर बाहिर निस्क्यो। 

क्रमश:

Last edited: 05-Aug-08 11:18 AM

 
Posted on 08-05-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dippu, wow arko part pani aayecha.. ekai chin pachi padhera comment garchu hai..
 
Posted on 08-05-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलेजो, माइला दाई, एकल  र नेपाली ठिटा
समय धेरै लाग्यो माफ पाउँ तर बल्ल लेखी भ्याए।
 
Posted on 08-05-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG mind blowing story..waiting for next part...
 
Posted on 08-05-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा चै धेरैको जिन्दगी सँग मेल खाला जस्तो छ ।।
अर्को भागनी लेखौ है चाडै।।
कथा उत्क्रिस्ठ छ, तर यस्तो दिक्क लाग्दो माया पिरतिको कथा भन्दानी त्यो humour ले भरिएको पूजाको कथा पढ्न चै रमाइलो हुन्थ्यो एक छीन भएनी ज्यान हास्थ्यो, मेरो मनको कुरो भनेको है ।
लौ अर्को भागको ब्यग्र प्रटीच्या मा ।।
 
Posted on 08-05-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सम्बन्ध'ले त नराम्रै रुप लिन थाल्यो त दीपीका !

सपनाको केही केही सोचाइहरु चाँही जायज लागेन मलाई चाँही ! जे होस् कथा इन्टेरेस्टिङ हुँदैछ ! अर्को भागको लागि धेरै कुर्न नपरोस है त? धन्यवाद ! 


 
Posted on 08-05-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipaka02 dijyu, alik chadai chadi lekhnu paro ke... ramro tv serial ma ek ek chhin ma commerical aayeko jasto bho ke yo ta... hai pls, can't wait any longer


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
I hope all the fake Nepali refugee get deported
MAGA denaturalization proposal!!
advanced parole
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
How to Retrieve a Copy of Domestic Violence Complaint???
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters