यस कथाका बिषयबस्तु, पात्र र घटना सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए। आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै।
जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो।
बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो।
"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर। सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन।
सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो। एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार गर्ने मान्छे हुन्छ, कुबाटो तिर लाग्ने डर हुँदैन भन्ने उहाहरुको धारणा थियो। सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ।
निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको छ महिना भित्रै घर किन्यो। अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो।
त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन।
"कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो। भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।
काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।
घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।
साथी धन्यवाद! अब साथी नै amazing भएपची म पनि amazing हुनु परिहाल्यो नि होइन त? कथाको सुरुवात देखी साथ दियौ, एकदम खुशी लाग्यो। लौन अब कुन सिनमा कमेन्ट गर्न बाँकी छ अझै :P नतर्साउन मलाई त्यस्सै :( हा हा हा जिस्केको मात्रि हो साथी दिल खुलाएर जिज्ञासा राखे हुन्छ :)
लुते धन्यवाद!
तिम्रो नाम त लुतेकुकुर होइन टोक्नेकुकुर हुनु पर्ने :P अरु कुकुरले त टोके भनेपनी १४ वोटा इन्जेक्सन लगाए हुन्छ तिम्रो भनाइले टोक्यो भनेत २८ वोटाले पनि काम गर्दैन जस्तो छ :P मलाई त "writer herself is impulsive " भनेछ कस्तो छुच्चो होला :@
कथा पनि राम्रो सग नपढिकन प्रतिकृया दिएको :O जिया भनेको को हो? मैले त्यो नाम कहाँ लेखेको छु र? :O अनी सपनाले sucide गरेको रे :O नेपाली पनि बुझ्दैन यो खरायो सिंह अनी फेरी हा हा हा गर्दै जिस्काउछ :P
ल भयो :) लुते, खास कथालाई अझ लम्ब्याएको भएपनी हुन्थ्यो तर दिन बिग्रेको बेलामा सानै घटनाले पनि आघात पुर्याउन सक्छ। त्यो दिन पनि तेही भयो। सामान्य कुरा थ्यो। शायद त्यस्ता साना तिना कुराहरु त भईहाल्छन होला सम्बन्धमा तर निरनले हात उठाउनु एउटा गल्ती गरेको थ्यो त्यस्को परीणाम नराम्रो निस्क्यो :) बिचरी सपना कहाँ बाट मर्न खोज्नु नि? लुते पनि तेत्तिकै दोश लगाउने ;P :D
साजन धन्यवाद! लौ भगवान लाई नै पुकारेछ। काल्पनिक हो साजन। यस्तो नहोस भन्न मात्रै खोजेकी हो :)
हर्क दाई, धन्यवाद! हो है यो कथा यस्तै भयो। यस्तो कहिले दुखी भईन्छ कहिले खुशी। अब अर्को रमाइलो कथा लिएर आउछु नि। बेलाबखत यस्तो पनि लेख्नु पर्छ के। अनी जिन्दगीको महत्व थाहा हुन्छ नि होइन त ?:)
त्यो निरनलाई कति निर्मोही ,क्रुर प्रबृतिको बनाइदिएकि नि कठै ! बिचरी सपना बाच्ने चाहना हुदा हुदै पनि बाच्न सकिन !
नेपाल मा के खबर पठाउने अब?!!
अब कि निरनलाई पनि मार्दिनु पर्यो, कि पागल बनाएदिनु पर्यो, कि अत्तिनै स्वार्थी बनाएर शारिरिक संबन्धमा असन्तुष्ट देखाउदै लिया संग संबन्ध जोडिदिनु पर्यो --अनिखेरी क्रेजी सिस ले भने जस्तै सपनाको मृतआत्मा भड्काइ दिएर निरनको लियासंगको सबै सपना भताभुंग पार्दिन पर्यो --कथा सकिएको छैन बरु शुरु भएको छ। ल दिपु सिस अर्को भाग लेख्न बसिहाल्नु पर्ने भयो
लुतेजी ले कथा पुरै पढेको हो कि हैन शंकै लाग्यो तर केही कुरो चै ठिकै भनेको हो
मजाक अपार्ट कथा निकै मेहनत गरेर लेखिएको छ र राम्रो पनि कतिपय कुराहरु यथार्थताको नजिक रहेछन। पहिले पढेको भन्दा भिन्नै तर मुटु नै टुक्रा टुक्रा हुने कथा पढ्ने अवशर दिएकोमा धन्यवाद सिस।
लेखिका महोदया, साझामा दोस्रो पटक यो नेपाली युनिकोड प्रयोग गर्दैछु, गल्ती हरु हुनेछन, कृपया नादन कुकुर भनेर क्ष्यमा दिनुहोला :P
लेखिकालाई इम्पुल्सिवे भनेको त म पाठक नै इम्पुल्सिवे भा जस्तो लाग्यो हा हा हा पुरा कुरा नबुझेको रहेछ मैले :प्।।।सुरुमा १२ लाइन स्किम गरेको थिए:प्।।र त्यो ईम्पोर्टअन्त पार्त छुतेछ hahaha
hya...took me forever to type those few lines ..:P
bhanepachhi, kura ali clear chahin bhayo tara still...maarnai parne jaroori malai lagena :P..emandari purbak bhanda....huna ta you are the writer so you have the right to kill and give birth as you wish (hami ta je dekhayo tehi herne ta ho ni hahaha:P)..tara aba yo ta keti le jhagada parda ketalai .."dherai nagaali gara hai mardinchu ani thaha paucha" bhanya jasto..hahaha...kasto serious bha LOL:P
anywyas, i enjoyed the story (else i would not be commenting in the first place :P)..and keep up the good work. :D
and i can read nepali very well..high school ko final ma 53/100 lyayeko nepali ma ke bhanthanya? :P
and miss_me Have i told you lately that i love you? :P (brotherly lop ni pheri :D)..hope alls well :D
i know, most of the people wont like the ending of the story but that is the part of life. we want happy ending all the time but sometimes we have to face the bitter truth.
dipika, i always wonder how people can imagine and write it, like all happened in front of their eyes. i always enjoy to read yr story as a silent reader and wait eagerly when u will start the next one.
thank u for providing this kind of stories and we all sajhaites will be waiting for yr next story.
लुते ब्रो म त फुरुंगै ,साच्चिकै भनेको कि गित मात्रै ---- साच्चीकै नै होला किनभने कुकुरहरु इमान्दार हुन्छन इफ सो थ्याङ्क्यु सो मच् लप यु टु रे क्या (सिसको तर्फबाट पनि) --हिहिहि
मिस दि धन्यवाद! हतार गरेकी होइन दि मैले। खासमा सम्बन्धमा तेती धेरै फाटो नआउँदा पनि सामान्य घटनाको गलत परीणाम देखाउन खोजेकी हो। सम्बन्धमा कुरा त्यस्तो बिग्रेको त के नै थियो र। दुबइ जना अली आबेगमा आएका हुन जुन कुर हरेक सम्बन्धमा हुन्छ जस्तो लाग्छ। निरन ले पनि रिस लाई नियन्त्रणमा राख्न सकेन त्यस्तो सजाय भोग्नु पर्ने भयो। क्रुर प्रब्रितीको त होइन निरन :)
लुते त्यही त म त कस्तो मान्छे होला राम्रो सँग नपढिकन के भनेको होला भनिरा :P :D तिम्रो लेखाइ को प्रशंसक हुँ म आफुनै। र तिम्रो प्रतिकृया पाउदा खुशी लाग्यो। यो कथामा चै मैले माथि भनिहाले सुमधुर सम्बन्ध बिग्रेको देखाउन खोजेकी होइन, राम्रै सम्बन्धमा पनि घट्न सक्ने तितो वास्तविकता मात्रै देखाकी हो। कथाको अन्त्य दर्दनाक छ तर ज्ञानबर्धक पनि जस्तो लाग्छ है मलाई र त्यही भएर नै यस्तो अन्त्य बनाकी हो :D धन्यवाद लुते :)
mythought, धन्यवाद! हाम्रो सोचाइ मिलेछ है सधैं खुशी पनि भईन्न नि, कहिले यस्तो कथा लेखेपछी थाहा हुन्छ नि जीवन-संगिनी/साथी को महत्व होइन त? हौशलाको लागि धन्यवाद। अर्को कथा चै म भन्न सक्दिन। यो कथाले धेरैनै दिमाग को प्रयोग गर्यो अब चै बिश्राम मागेको छ :)
माइला दाई धन्यवाद! मलाई थाहा थियो हजुरलाई यो अन्त्य मन पर्दैन भनेर र अरु धेरैलाई पनि। तर सधैं मन पर्ने कुरा मात्रै घट्दैन जीवनमा होइन त? कहिले काही यस्तो परिस्थितीको बारेमा पनि सोच्नु पर्छ नि होइन? अनी त गल्ती गर्न बाट रोकिन्छ नि। मेरो दाइलाई दु:खदायी कथा मन पर्दैन भनेर त मलाई पहिलेनै थाहा थियो। हुन्छ, अब ओठमा हाँसो फुटाउने कथा लेराउछु है। बहिनिको जीवनमा अनगिन्ती घटेका छन त्यस्ता हाँसो फुटाउने घटनाहरु त :)
दिपु भान्जी, मैले तिमीले अन्तिम भाग राखेको पत्तै नपाएर हो सत्ते। अन्तिम भाग अली दु:खद लाग्यो। हुन त तिमी ले पहिले नै अन्त्य सोचेर सुरु गरेको रहिछौ नत्र मलाई चै अन्तिम मा चाँही अली हतार गरेको हो कि जस्तो पनि लाग्यो,तर जे पनि हुन सक्छ मान्छे लाई काल आउन लाई कुनै बिपत्ती पर्नु पर्दैन,हुन त निरेनको पनि गल्ती त हैन बिचारो लाई ठुलो बज्रपात पर्यो। मैले पनि सुनेको थिए एस्तै केस १२ बर्ष जती अगाडि को हो मैले चिनेकै एक जनाको तर तेस्मा केटा लाई दोसी ठ्हर्याएका सुनिन्थ्यो। जे होस् सम्बन्ध बेजोड को थियो जानेर हैन भगवान ले टुटाइदिउनु भयो। लौ अब अर्को रमाइलो कथा कहिले राक्छेउ त अब?
मामा धन्यवाद! हो मामा मैले पहिले नै अन्त्य सोचेरै लेखेकी हो यो कथा। सम्बन्धमा फाटो लेराएर बिगार्न खोजेको होइन। दुबइ को गल्ती छैन। परिस्थिती बलियो भएको हो। मैले र हजुरले एउटै केस सुन्यौ जस्तो छ मामा। मैले सुनेको केस मा पनि केटालाई नै दोशी ठहर्यायो रे। हिजो राम्रो सँग थाहा पाएँ। एकजना पाठकले अझ डिटेलमा भन्नु भयो तर घटना त कस्तो ठ्यक्कै मिलेछ। एकदम नरमाइलो लाग्यो। अब अर्को चै रमाइलो कथा लेराउछु। धेरै रमाइलो लेखे भनेर यो पाली अली फरक गरेकी हो मामा। :)
gosh Dipu how can you kill sapana????? Hey, I am just kidding. You have shown your talent very well in this particular story. You gave an unexpected ending but I guess this is why you are a writer. It is very surprising to me that you were able to read both Niran's and Sapana's mind. You have done a wonderful job Dipu.Congratulations!!!
dipu eh dipu launa ke garya yasto-- barbadai gariche ma nabha bela-- hare shiva sapana lai kina lau lau khau khau umer ma chatt pardeyeko ? bhayena bhayena aba tyo niran piran lai kehi gardinau kehi ta gara kehi nabhaey kanchat ma goli hanna laera udai deyu na
jokes eka tira, sacho kura yatatira khusukka bhanchu: sarai ramro lekhyou sisu - the best story I've ever read from you, a quality writing -- kudos to you ! ( timile kasari yasto lekhna sikyou ki sano ma eklai ekali malai nadi horlicks chorera khathyou huh? ) :P
crazZ, pakhh! ma nabha bela ma malai jepati bhaneyra gaiche.
कलेजो धन्यवाद! हुनत हरेक कथामा मेरो हौसला बढाएकै हुन्छौ यो पनि मन पर्यो भन्दा खुशी लाग्यो।
प्रेरणा कता गएकी सिसु तिमी? म त कुर्दा कुर्दा। लाइब्रेरीमै जाँउ जस्तो भईसकेकोथ्यो ल। क्रेज पनि आएर तहल्का माचाउन भ्यैसकी तिमी मात्रै कता हो कता। बच्चामा तिमी जहिले म होर्लिक्स फुक्का खन्छु भनेर हातमा राखेर चाट्थेउ । झन मैले जस्ताइ गरेर गिलासमा हालेर तातो पानीमा घोलेर खाउ भनेको होइन त? तेइ सानो छदा खाएको हर्लिक्स ले हेरत मलाई अहिले सम्म तागत दिराछ ल :P: D
ल मजाक लाई एक्छिन कुना तिर सिस-सिस को गफ एकातिर। यो कथा मन परेछ सिसु एकदम खुशी लाग्यो। मेहनत को फल पाएँ मैले। यो केबल मेरो कल्पना मात्रै हो सिसु कसैको जिन्दगीमा पनि नघटोस यस्तो चै है?
यि साझाका धागाहरुमा भएका कथाहरुलाइ सँगालेर कुनै वेभसाइट जस्तो बनाउन मिल्दैन? १ पेज मा २० कमेन्ट मात्र हुने हुँदा कथा समाप्त भ'को हो कि हैन भन्ने पत्तो नै हुँदैन। कथा क्रमश: मा रोकिएको हेर्नै मन नलागेर यस्तो भनेको हुँ र साथसाथै यस्ता रचनाहरुको सँग्रहको काम पनि गर्ने हुँदा पछि सम्म सर्वसुलभ पनि हुन सक्छ ।
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.