निक्कै निक्कै नेपाली गीत हरु यस्ता हुन्छन जुनको बोल को कुनै माने हुँदैन, तर दीप श्रेष्ठ ज्यु को तपाईंले भनेको गीत को गहन अर्थ छ.
"भन्थिन मेरी उनी, मेरो पाइला, नटेकीदिनु" पछी अरु पनि केही बोल छन्. ती हुन "कुल्चिसकेकी छु, काँडा लाइ फूल भनेर"
अर्थात कुनै श्वासनीमान्छे ले आफू ले गरेको गल्ती अरुले नदोहोर्याओस् अथवा आफू ले भोगेको कठिनाइ अरुले भोग्नु नपरोस भनेकी हुन.
तर यसै सन्धर्भ मा एउटा अर्को गीत रोजौँ, जसको अन्तरा को बोल एक आपस सित मेल खांदैनन् एक अर्का लाई कम्प्लिमेन्ट (विथ एन ई नट एन आइ) गर्दैनन.
जस्तै -
"ए दाजु नसमाउ नारी मा" लाई "जान्न म त डिजल को गाडी मा" ले कुनै अर्थ दिंदैन
अझै फेरी "हिलो लाग्छ नाइलन को सारी मा" ले अझै कन्फ्ज्युज गराउँछ
हेर्ने हो भने मुजी दुई छोटो छोटो कट्टु लगाएका ठिटी हरु, जो अल्रेडी जीप मा छन्, आफ्नो प्रेमी लाई दाजु भन्छन र डिजल को गाडी मा जान्न भन्छन, साडी लगाका छैनन, हिलो कतै छैन तर हिलो लाग्छ भनेर सुर्ता गर्छन्.
यस्ता गीत धेरै छन् जो दिमाग एकातिर लगाएर सुन्न पर्छ, तर फेरी नेपाली का गफ हरु यस्तै हुन्छन्. गीतकार लाई मात्रै किन दोष दिनु? म नेपाल जाँदा म जहिले पनि एउटा एकदमै बेवकूफ मान्छे लाई देख्छु - अरु कोइ होइन म आफैँ.
सबै मुजी चिक्ने हरु लाई संसार को सबै कुरा थाहा छ, थाहा नभाको केही छैन, टिप्पिणी गर्न खोज्यो भने आफैँ मुर्ख होइन्छ.