ambition

More by ambition
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 प्रिए नुपुर , नयाँ बर्श को शुभकामना
Keywords associated with this thread

love letter good fiction new year wishes 2066 nepali new year
[VIEWED 7227 TIMES]
SAVE! for ease of future access.
Posted on 04-24-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिए नुपुर ,

धेरै धेरै सम्झना का कोसेलिहरु यो सुशान्ख्य को सन्जाल मार्फत पोख्दै छु । आशा छ तिमी सञ्चै छौ । भेट्घाट नभएको पनि धेरै भएसकेछ । कती बसन्त हरु आए र गए । तर पनि हाम्रो भेट हुन सकेन । मलाई झल्झली याद छ , तिमी कसरी यो अजनबी को सन्जाल मा छिर्यौ । पहिलो पटक त्यो मेरो कार्यालय को ब्यक्तिगत कक्षमा मेरो सैक्षिक परामर्श को प्रस्तुती हेर्दा तिम्रो मन कसरी पग्लेछ अनी मेरो ब्यक्तित्व को एउटा अमिट छाप बसेछ , म आज घोतल्ने प्रयास गर्दैछु । हुन त म एक पूर्ण बयस्क भएसकेछु भनेर आज घोषणा गर्न लगेको होइन तर पनि त्यो समयको म एउटा भर्खर को ठिटो जो आफ्नो यौबन को रस ले भर्पुर हुँदै गर्द को अवस्था मा थिए । थोरै बालकपन , धेरै व्याबहारिकता , हुर्कदो उमेर , मनग्गे महत्वकाङ्छा अनी एक बिभिन्न रोमान्चक सपनाहरु ले भर्पुर एक कर्मठ अनी संघर्शशिल , सफलोन्मुख परिचय थियो मेरो । त्यो फरक थियो , त्यो तुलनात्मक थिएन , त्यो त अद्वितिय थियो । तुलनात्मक त त्यतिखेर हुन्छ , जब आधारभुत कुराहरु एउटै हुन्छन, पृष्ठभुमी एकै किसिमको हुन्छ अनी पात्रहरुको स्रोत उस्तै उस्तै हुन्छ । त्यो पनि हुनसक्छ तिम्रो रोजाइको एक प्रमुख कारक तत्व , अथवा तिम्रो सम्भ्रान्त अनी बिलासी जीवनशैली बाट त्रिप्त भै नयाँ संसारको खोजिमा एक सरल यद्धपी सफल अनी खुशी तर संघर्शशिल जीवन यात्रा को चाहनाले पनि भूमिका खेलेको हुनसक्छ , जे भएपनी मलाई खुशी लगेको थियो, तिमी लाई पाउदा को एक सुखद अनुभुती बेग्लै छ मेरो मानसपटलमा ।

जीवन नैसर्गिक हो , हामी जिउन पाउने अधिकार हिजो पनि थियो,आज पनि छ र भोली पानी रहनेछ तर मुल्भुत मुद्दा यहाँनेर जीवनको नैसर्गिक्ताको होइन , जीवन जिउने कला को हो । एक साधारण ज्यामी देखी महान दार्शनिक सम्म, एक बिशुद्ध रैति देखी सर्बसम्पन्न राजा महाराजा सम्म हरेक ले यही जीवन जिएका छन तर उनिहरुको शैली फरक छ , त्यो जीवन को सम्बन्ध केबल एक जीवन सँग मात्र छैन ,त्यो सपनाको असर केबल एक बिपना सँग मात्र छैन , त्यो त धेरै ब्यापक छ अनी धेरै दुर छ । हरेक प्रहर हरु को एक भिन्न महत्व छ अनी त्यस्को बेग्लै मजा छ , आफुले खानु मात्र छैन अरुलाई खुवाउनु पनि छ । मैले यहाँनेर एक पूर्ण आदर्श सन्त पुरुष को चित्रण गर्न खोजेको होइन , म त यहाँ एक अर्थपूर्ण , सुखी, शान्त एक मात्र जीवनको सम्भाब्य माला बुनिरहेको छु । तिमीलाई थाहा छ यो जीवन केही त्याग को केही आकान्छा को , केही सँघर्शको अनी धेरै माया र ममताको समिश्रण हो। तिमी मा ति गुण हरु अवस्य छन जुन हामीमा जन्मजात पैदा हुन्छन। ति गुण ज्ञान सँग तुलना हुँदैनन जो सिक्न सकिन्छ अनी सिकाउन सकिन्छ , फगत सिकाउनेमा र सिक्नेमा ताल्मेल र एक चाहना हुनुपर्छ । तिमी राम्री छौ , मलाई लाग्छ जो भित्र सुन्दर छ बहिरी सुन्दरता आफ से आफ झल्किन्छ , त्यो एक प्रतिबिम्ब हो । तिमी मा एक चाहना छ मेरो साथको , जीवन भरिको लागि । त्यो चाहना निस्वार्थ छ , ममा पूर्ण विश्वाश छ तिमी मेरो अनुपस्थितिमा पनि मेरो सुखद भविस्यको कामना गर्दछौ । त्यही त गजब छ तिमीमा एक महान त्याग छ अनी एक बिशाल हृदय छ जो मेरो सम्झना मा पल पल धड्की रहन्छ । त्यो नेपाली सिनेमा को गीत को जस्तो नौटन्की धड्काइ होइन त्यो त मेरो अनुपास्थिती मा एक उपस्थितीको तरङ्गीत धड्काइ हो । त्यहा माया छ जो एक तरङ्ग हो , एक सर्बसक्तिमान तरङ्ग ,एक अजेय र सर्बब्यापी तरङ्ग । प्रकाश तरङ्ग हो , ध्वनी तरङ्ग हो , ताप बिद्युत तरङ्ग हो । बिज्ञान , दर्शन , ज्ञान बिचार सब तरङ्ग हो जस्को मास छैन , अद्रिस्य छ । हाम्रो सम्बन्ध पनि तरङ्ग हो जस्को कहिले कही फ्रिक्वेन्सी र वेभलेन्थ फरक फरक हुन्छ अनी त्यही हो हामी बिच हुने गरेका बिरलै असमझदारी, भावनात्मक उतारचढाब मा झल्कने गर्छ । मलाई लाग्छ जीवन आँफै म तरङ्ग हो जो कहिले हाइ र कहिले लो हुने गर्दछ ।

प्रिये , कुरा गरौ हाम्रा योजना , सपना अनी आगामी दिनहरुमा हामीले खेल्नु पर्ने भूमिकाको एक इन्डिभिजुअल पर्सन को रुपमा , एक असल प्रेमिको रुपमा , एक जिम्मेबार परिवारको सदस्य को रुपमा अनी एक देशभक्त सिपाही को रुपमा । सबै कुराहरु त तिमीलाई चित्तै बुझ्ला तर तिमी म आफुलाई महान देशप्रेमी को रुपमा आफुलाई उभ्याउदा एक सोझो प्रश्न चिन्ह खडा भएको हुनुपर्छ , त्यस्तो मान्छे किन परदेशी भुमिमा बस्नु , आफ्नै माटोमा पसिन चुहाउनु अनी आफ्नै उकाली ओराली हरु सँग चिप्लेटी खेल्दै, परिवार, समाज तथा देश को हित को लागि हरपल खट्नु अनी तेसै म रमाउनु ? हो तिम्रा ति सबाल हरु जायज छन तर तिमी पनि त एस्तै अर्को बिदेशी भुमी म स्वदेशी सपना हरु बुन्दै छौ । प्रिए , तर तिमी म एक पूर्ण आत्मबिश्वास हुनु पर्छ भन्ने मेरो बुझाई छ आँफै सँग अनी तिम्रो प्रेमिमा । त्यो आत्मबिश्वास जो एक जित को उत्प्रेरक हो , एक खुशीको उदगम बिन्दु हो । केही गर्न खोज्ने हरु , परिवर्तन चाहनेहरु ,बिजयको स्वाद मा रमाउन खोज्नेहरु चुनौती लाई अङ्गिकार गर्न पछी पर्दैनन , अनी त तिनी हरुलाई त्यो भिजन बियोन्ड बक्स को मुलमन्त्र ले घच्घच्याइरहन्छ र बिबिध परिस्थिती हरु ले घेर्दछ । तिमी हाम्रो बिदेश बसाइ लाई पनि तेसै रुपमा लिन्छौ होला भन्ने मेरो विश्वाश छ तर यो होइन कि बिदेश बसाइ भनेकै सफलता को बाटो हो ।

प्रिए ,कहिलेकाही हुने गरेका झिनामसिना बादबिबाद हरुलाई भुलेर हामी अगाडि बढ्नु पर्छ , आफु अगाडिको बादललाई उघार्दै अनी हरेक समस्या हरुलाई छिचोल्दै प्रगतिपथ मा निरन्तर लागिरहनुपर्छ। तिमीलाई नयाँ बर्श २०६६ को आगमन संगै लाखौं शुभकामना हरु ब्यक्त गर्न चाहन्छु । तिम्रो र मेरो सम्बन्ध एक अजर अमर बनोस , हाम्रो समझदारी अझ प्रघाढ बनोस । तिमी अहिले कहा छौ र के कस्तो अवस्थामा छौ ? प्रश्न अनुतरित छ तर तिमी जहाँ भएपनी आरामै छौ अनी तिम्रा हरेक पल हरु सुगम छन भन्ने मेरो पुरा विश्वाश छ । नयाँ बर्श ले हामी दुबै लाई एक शक्ती प्रदान गाह्रोस , एक सिघ्र मिलन को अनी एक सफल र खुशी जीवनको । २०६६ को सुरुवात संगै एक नया आशा को उदय होस्, जीवनको अर्थपूर्ण जियायी प्रतिको । मनका भयहरुको निर्मुल होस् अनी शत्रुहरुको नाश होस् , चिन्ता हरु दुर होस् अनी बाधाहरुको सदाको लागि अन्त्य होस्, मेरो कोटी कोटी शुभकामना । तिम्रो र मेरो मिलन संगै हाम्रो परिवार को खुशी सगरमाथा को चुचुरो जस्तो माथि जाओस, अनी हाम्रो समाज र देश ले एक काचुली फेरोस । नेपाल ले हामीलाई देश फिर्ती सवारी को लागि घच्घच्याओस , अनी हामी एक अर्का प्रतिको , हाम्रो परिवार प्रतिको, देश प्रतिको जिम्मेबारी खुशी का साथ बहन गर्न पाइयोस । ब्यक्तिगत , भावनात्मक , संस्थागत उद्देश्य हरुको प्राप्ती तर्फ उन्मुख हुनको लागि भगवान ले नोदन प्रदान गरुन । फेरी पनि प्रिया तिमीलाई तिमी तिमी हुनुको लागि र तिमी मेरो हुनुको लागि धेरै धेरै किर्तग्यता टक्र्याउदै नब बर्श् को मंगलमय शुभकामना !


तिमीलाई ओेधी माया गर्ने ,
तिम्रो काजी
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters