काठंमाण्डोउ का जग्गा बेचेर बाकि अरु घर जग्गा धितो राखेर ( २ दशक अघिको कुरा) अमेरिका जाने र पैसा कमाउने सपना बोकेका त्यति खेरको हिसाबमा १० - १५लाख खर्च गर्न तयार थिए | ५-६ लाख विसा | पछि पछि कोलम्बिया हुदै अमेरिका छिर्नेमा महिला बर्ग पनि थिइन् र करणीमा पनि परिन भन्ने कुरा यहि साझामा छापिएको थियो | खाडि मुलुकमा काम गर्न गए जस्तो होईन अमेरिकामा जाने हरुलाई : अनि फलानो ले यति कमायो , सलल बग्ने गाडि पनि किन्यो र फेस बुक मा हालेका फोटा देखेर अमेरिका छिर्ने हरु र छिर्न चाहने हरुलाई तथ्य कुरा थाहा हुदैन र कसैले तथ्य कुरा सुनाए पनि बिस्वास गर्दैनन किनकी एकोहोरिएको दिमाग ले दाया बाया र तर्क र तथ्य कुरा दिमागले process गर्दैन |
F1 मा आएर अबैध बस्ने हरु धेरै खालि हात फ़र्केका छन् अनि सामाजिक चाप मा पर्ने मेरो गाउले ले आत्महत्या गरेको थियो |
विडम्बना भनौ वा सामाजका चण्डाल को समाजिक संजालले र संस्कारले कामले ठुलो र सानो बनाउने प्रबृत्तिले नेपालमा काम गरेर खान लाज मान्ने तर खाडि मुलुक गएर सौचालयमा काम गर्न तयार हुने हरुले नेपालमै सानो ब्यबसाय गर्दा के हुन्थ्यो ? तेता तिर हाम्रो दिमाग जादैन खालि पछ्याउन मात्र जानेका छौ | दाङ्ग बाट आएका हर्के दाइले नागले पसल मा फलफुल बेचे बिस्तारै बढाउदै गए, अहिले उनले कबोल भाडामा लिएर फ़लफ़ुल पसल मा Upgrade गरेका छन् भने हरेक छोरा लाइ एउटा एउटा घर ठड्याइ दिएका छन् | उनि अहिले अर्ध अरपतिमा पर्छन होला |
हामीमा सिप मुलक ग्यान नभएर ( बिजुलीको एउटा तार जोडन पनि मान्छे बोलाउछौ ) अनि जोखिम नेपाल मा लिन नचाहने कारणले विदेश नै गएर कमाइन्छ अनि मेरै कजन जापान गएर आए अहिले ४० - ५० करोडको सम्पति छ , यस्तो देख्ने ले किन विदेश जाने चाहना न उब्जेला र ?
खालि हात लिएर गए पनि केहि सिप लिएर गए उनले केहि गर्लान तर ग्यास स्टेसनमा घण्टा हान्नेले चै के गर्लान ?