[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बबिताहरु, महरु, सत्यहरु !
[VIEWED 10886 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

कालो ज्याकेट लगाएकि रहेछ । मैले तल पनि नजर दौडाएं । कटराईजको खैरो पाईन्ट रहेछ । म तिर नहेरि, माईक्रोबाट बाहिर हेरि रहेकि थिई । शायद म चढ्नु अगाडि उसले मलाई देखि सकेको हुनु पर्दछ । उ हाम्रो एक अर्काको आँखा जुधाईलाई छल्ने प्रयासमा थिई । उसले मलाई देखिसकेको कुरा मलाई थाहा छ भनेर पनि उलाई थाहा हुन पर्दछ । तर पनि उ मलाई छलि रहेकि थिई । यसले गर्दा मैले झनै उसलाई नियाल्ने मौका पाए ।

कपालमा हल्का मेहेन्दिको रंग थियो । कानमा पथ्थर भएको सानो टप । झ्याल खोलेर बसेकि थिइ । हावाले उसको कपाल हल्का उडाएको थियो । उ त्यो चिसो हावालाई सहेर बसेकि थिई । हाईनेक ले छाति ढाकेको थियो । काठमाण्डौ जाडो नै हुन्छ, बिहान बिहान।

 

बबिता भनेकि थिई उसले नाम । म अझै सम्झंछु । बिर्सन पनि कसरी सकिन्छ र! मलाई बिश्वास छ, उसको सक्कली नाम त्यो होईन । मैले त्यो नामले उसलाई बोलाउन सकिन । म उसलाई नियाली रहे, जाँचि रहे, जोखी रहे । अलिकति मोट्टाईछ । तर अझै उस्तै राम्री ।

 

उ गम्भिर नै थिई । उ भित्रको ब्यवहार छल्न बाहिर को संसार चिहाउँदै थिई । शायद यो हामी सबैको बानि हो । आफ्ना केहि पल हरु साह्रै गह्रौ भयो भने, हामी अर्को संसार चियाउँछौ । सिरेटो ले उसका कान राता भईसकेका थिए, नाक सुँक सुँक । माईक्रो ले बेला बेला उफारि रहन्थ्यो, उ झस्कि रहन्थी ।

 

उसले त जिति रहेकि थिई, छेवै कि दिदिले राम्ररि नै गालि गर्नु भयो । उ बिवश भई, झ्याल बन्द गर्नु नै पर्र्यो ।

 

ढिलो चाँडो को कुरा थियो । हाम्रो आँखा जु्ध्यो । उसले नजानिदो गरि आँखा बटार्न पनि सकिन । म चौडा हांसी दिए । उ मधुरो मुस्काई ।

सन्चै छौ?

हजुर, तपाई नि?

म पनि सन्चै छु ।

अरु के छ?

ठिक छ

तपाई को?

मेरो पनि ठिक छ ।

सकियो, अब के भन्ने? साह्रै अफ्ठ्यारो भयो । मैले हजार सोचे हुँला, तर अंह केहि कुरा उप्काउन नै सकिन । गाह्रौ हुँदो रहेछ । म नै झ्याल बाहिर हेर्न थाले ।

उसले मलाई अवलोकन गरि गरिन, दैवै जानोस । मैले नजर बाहिर डुलाए । बेला बेला भित्र हेर्दथे । आँखा जुध्दा उ पनि हाँसि दिन्थि, म पनि । दुवै बोलेनौ ।

 

यो कस्तो अप्ठ्यारो होला जीवनको जहाँ चाह हुन्छ हाल खबर जान्ने । तर खै के ले हो सदा छेकि रहन्छ । कहिले काहि लाग्दछ, हामी सबै आफूलाई  बरिपरिबाट एउटा पर्दाले छेकि दिन्छौ, जसले कहिले काँहि आफ्नो बाहिर को संसार चिहाउनबाट आफैलाई बन्चित गर्दछ । शायद यो जरुरी पनि छ, कति अवस्थामा । जे सुकै भए पनि, यो हाम्रो जीवनका पाटो हरु मध्धे एक हो जसलाई चाहेर नचाहेर स्वीकार गर्नै पर्छ ।

 

उ म संग रात बिताएकि केटि हो । अंह, यो भन्न गलत हुन्छ । म उसलाई जान्दछु । बरु, म उसको ‍शरिर लाई जान्दछु । मैले उसको शरिर भोगेको हो । उसलाई होईन ।

 

उ झर्ने बेला भएछ, झोलाबाट पर्स निकाल्न थाली । मैले पर्दैन म दिन्छु भने । उसले आफ्नो जिद कायम राखि ।

भाँडा पनि तिर्न नदिने, मलाई? मैले अन्तिम अनुरोध गरे ।

उ हारी दिई, यो बेला ।

मलाई सुख भयो ।

 

माईक्रो छोडेर  उ आफ्नो बाटो लागि । म उसलाई हेरि रहे । उ टुपु टुपु हिडिंरहेकि थिई । माईक्रो बिस्तारै गुड्यो । मलाई म बसेको माईक्रो  स्थिर रहेर, उ हिडि रहेको धर्तिनै म संग बाट पर हुदै दौडिएको जस्तो लाग्यो । धर्ति झनै दौडियो । उ बिस्तारै पर भई । देखिन छोडी । तर पनि म हेरि रहे, हेरि नै रहे ।

 

यो उसको र मेरो एउटा अकस्मात भएको भेट थियो । फेरि कहिले भेट हुन्छ म भन्न सक्दिन । अब कहिले पनि भेट नहुन पनि सक्छ । तर पनि उ मेरो संम्झानमा एउटा ठुलो चाक्लो ओगटेर बसेकि छे, सदाका लागि ।

 

मलाई मेरो माईक्रो यात्राको गन्तब्य संग मतलाब रहेन । अफिस भनेर हिडेको थिंए । अब, जानु नजानु को खासै महत्त्व थिएन । जीवनले कहिले कांही बितग बाट यस्ता क्षण हरु बोकेर ल्याईदिन्छ जसको अगाडि हाम्रा बर्तमानका महत्त्वपूर्णहरु गौण भईदिन्छन ।

 

म बिगतमा निकै डुबिसकेको थिए, माईक्रो रोकिदाँ । न मलाई अफिसमा बुझाउने रिपोर्टको टेन्सन रहन्छ न ताता राजनैतिक खबरको अध्याबधि ।

 

खै हामी कसरी भेटेका थियौ । साथीले फोनमा कुरा गराएको थियो, पि के कि साथी हो भनेर ।

दाम राम्रो चाहिन्छ । जथाभावी व्यवहार नगर्नु । गर्लफेण्ड जस्तो ट्रिट गर्नु । उ पनि खुशी तं पनि । यस्तै भनेको थियो साथीले ।

 

मलाई पनि उन्माद थियो । हामीले एक अर्का को आवश्यकता साटासाट गरेका थियौ । अहिले संझदा उसको र मेरो आवश्यकता जोख्ने कडि नै झुठा लाग्छ । हामी दुबैको आवश्यकता एउटै तराजु मा जोख्नै नमिल्ने थियो ।

 

किन यस्तो हुन्छ । आफैले रमाएर गरेका कति कर्महरु समयको बहाव संगै अर्को मोडमा पुग्दा खल्लो लाग्दछ । नमिठो लाग्दछ । मलाई यस्ता अनुभुतिलाई गल्ति भन्ने संज्ञा दिन मन लाग्दैन । समयको त्यो बिन्दुमा यदि मैले त्यसमा निहित खराबी छ भनेर अनुभुति गर्दिन भने म त्यसलाई गल्ति भनेर कसरी पन्छिन सक्छु र!!  तर पनि जव समयले अर्को मोडमा पुर्र्याई दिँदा बिगत ले कहिले काहिं झस्काई दिन्छ । शायद, अनुभव भनेको यसरी नै बढ्दै जाने हो । एउटा बिन्दुमा राम्रो लाग्ने घट्ना/अनुभव समयको मोड हरु सँगै परिवर्तन हुन सक्छ भनेर बिचार गर्न सक्ने । बिचार गरेर निर्णय गर्न सक्ने ।

 

उ मसंग छैन । उसको र मेरो बिगत को भेट अब कुनै हालतमा पनि बिगतबाट उठेर मेरो बर्तमान मा आउँदैन । यो सत्य हो । तर पनि म  बिगतमा नै छु । मेरा संम्झनाहरु ले बिगतलाई वर्तमानमा र वर्तमानलाई बिगतमा ल्याउन/लैजान सक्छन । यो संम्भव कुरा हो । म यसै मा छु ।

 

फोन भएको दोस्रो दिन मा नै हामी भेटेका थियौ । उ मुस्काई रहन्थी । हामी एउटा मीठो डेट मा थियौ । हाम्रो लवजमा निकै परिचित साथीसँगको नजिकता थियो । भन्न अफ्ठ्यारो कुराहरु पर्दा पछाडि नै राखेर हामी अगाडि बढिरहेका थियो । बिस्तारै सांझ पर्यो । हामीलाई  जानु थियो, संगै । हामी दुवैलाई रात बिताउनु थियो, एक अर्का संग । यसैका लागि उ मसंग थिई, म उ सँग । यो कुरा मलाई जति प्रष्ट थियो, उसलाई पनि उति नै ।

तर पनि हामी यो सत्यलाई निकै शिष्टाचारले छोपि रहेका थियौ । हामीलाई नाङ्गो सत्य लुकाउनु थियो, छोप्नु थियो । ………………

 

 

meaninglessthinking@somewherondearth


 
Posted on 09-17-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फरक छ......कयौँ  'म' हरु, आवश्यकतापूर्ती पश्चात मनमा, तनमा, दिमागमा बबिताहरु खेलाउँछन् पछि पछि सम्म, भर्खरै पुरा गरेको आवश्यकता गौण बन्छ! -----कयौँ बबिताहरु, आवश्यकतापूर्ती पश्चात मनमा, तनमा, दिमागमा अर्को आवश्यकताहरु खेलाउँछन, पश्चाताप खेलाउँछन् र पछि पछि सम्म आफ्ना विगत केलाउँछन्, भर्खरैका 'म'हरु गौण बन्छन्!

गजब छ प्रभो लेख्दै जाउँ!


 
Posted on 09-18-08 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखीर त्यो चट्टान पग्लिनु थियो

जुन कसैको कलममा जमेको थियो

दाई के लेख्नुभाको यस्तो ? पढेर धेरै बेर सम्म सोचिरहेँ ।

शब्द संयोजन र बहावको म कुरा गर्दिन As u r the master of it तर कथाबस्तु superve अनि unexpected !

म र मनोज उपन्यास लेख्ने भनेर साझाबाट केहि दिन रेष्ट लिउँ भनेको तँपाईले नदिनुहुनेभो ।

यो कथाको female version चाहिँ plzzzzzzzzzzzz मलाई ल ! I enjoyed the topics

अनि बिशेषत : तलका शब्दहरु ,

उ गम्भिर नै थिई । उ भित्रको ब्यवहार छल्न बाहिर को संसार चिहाउँदै थिई । शायद यो हामी सबैको बानि हो । आफ्ना केहि पल हरु साह्रै गह्रौ भयो भने, हामी अर्को संसार चियाउँछौ

यो कथा पर्खीन सक्ने धैर्यता भएन , चाँडो लेखिदिनु भए आभारि हुन्थेँ !


 
Posted on 09-18-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

speechless!!! enjoyed every  bit of it somewherondearth jyu.
 
Posted on 09-18-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "उ भित्रको ब्यवहार छल्न बाहिर को संसार चिहाउँदै थिई"---कस्तो बिडम्बना, मनै छोयो.

सोम ज्यु उच्च कोटिको छ यो कथा पनि। अरु भन्दा अलग। बबिता कसरी बबिता भईन होला र कस्तो आवश्यकता होला त्यो आफ्नो तन र मन माथि नै प्रहार गर्नु पर्ने? यस्को बारेमा पनि मिल्छ भने लेख्नुस् न। धेरै पछी हजुरको कथा पढियो। रमाइलो लाग्यो। 


 
Posted on 09-18-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे ज्यु, बडा उत्कृष्ट प्रस्तुती राख्नु भयो धन्यबाद।
फुच्चे केटो ज्यु, म र मनोज को प्रतिक्ष्यमा।
 
Posted on 09-18-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सोमेज्यु, यति उत्क्रीष्ट कथा पढ्ने मौका दिनुभएकोमा धेरै धन्यवाद। अरु पनि पढ्न पाउँ छिट्टै।  

 
Posted on 09-21-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सोमेले लेखेछ।

तिम्रो कथा पढेर मन खुशी भयो साँहिला। ल अब चाहि क्रम जारी राख है।

अबको पालामा असत्यहरु पनि लेख है साथी।


 
Posted on 09-21-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe_Maila जी, धन्यबाद । मलाई मैले लेखेका साझाका post हरु तपाईको कमेन्ट बिना अधुरा लाग्छन । सिताराम सर देखि बबिताहरु सम्म समय निकालेर पढिराख्नु भएको छ । मुरि मुरि धन्यबाद ।
fucheketo भाई तिमि नहराउ न । कता गयौ? न emai, na msn. किन हो?? मन कता गयो राजा तिम्रो??
Pretty जी, धन्यबाद समय निकालेर पढिदिनु भएको मा!!

Dipika02 जी, हजुरको कथापनि धेरै पछि पढियो । लेख्दै गर्नु होला, हामी पढिरहन्छौ । धन्यवाद ।


बिस्टे ज्यु, धन्यबाद । फुच्चे भाई र मनोज को पहिलेको उपन्यास पनि Interet मा छ । फुर्सद भए पढ्नु होला ।
chipledhunga ज्यु, धन्यबाद । समय निकालेर पढिदिनु भयो । मैले हजुरको मुग्लान भाँसिदा का सम्झना हरु पढेको छु । कमेन्ट गर्न पाएको छैन । लेख्दै गर्नु होला ।
crazy_love
साईली, म त तिमि हराएउ भनेर उजुरि पो गर्न जान ला थे । आयौ खुसी लाग्यो ।  खोई सत्यहरु यति धेरै छन् पहिला सत्य सकौ अनि असत्यहरु है??

अनि तिमी नलेख्ने? साझालाई अधुरो नछाड ।
transparent ज्यु, धन्यबाद ।

,
समय निकालेर पछिदिनु हुने साझाबासि लाई धन्यबाद

somewhereondearth




 

 
Posted on 09-27-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

तर पनि हामी यो सत्यलाई निकै शिष्टाचारले छोपि रहेका थियौ । हामीलाई नाङ्गो सत्य लुकाउनु थियो, छोप्नु थियो । ……………………….

 

 

उ र म एउटै कोठामा थियौ  ढोका लागेको थियो, लक पनि । न म उसको प्रेमी थिए, न उ मेरी । हामी त्यहां कारोबार को लागि उपस्थित थियौ, जुन उसले आफ्ना लुकाएका आवश्यकता को लागि गर्दै थिइ, म आफ्ना  ।

 

 

सांझ बिदा भईसकेको थियो । त्यो रात मेरो थियो, मैले किनेको । काठमाण्डौका देवता हरु सबै सुति सकेका थिए । संगै म भित्र को देवता पनि । म पू्र्ण मान्छे थिए, जहां मेरो सोचाई र कर्ममा देवताको लेप लाग्दैन थियो  । शुद्ध लोग्नेमान्छे ।

 

 

रातले मादकता ल्याएको थियो । म उसलाई प्रश्न हरु सोध्दै  जान्थे, एक पछि अर्को । जुन प्रश्नहरु को कुनै औचित्य थिएन । उ सबै उत्तर झुठा दिन्थी, मधुरो मादकता मिसाएर । म लठ्ठ हुदै जान्थे । हामी  नजिकिदै गयौ । रात छिप्पिदै गयो । हाम्रो ब्यबहार पनि ।

 

 

उ स्त्री थिई । म पुरुष । उ अथाह संसार लाई समाउने क्षमता राख्दथी । म भोग गर्ने । तर पनि हाम्रा कति मान्यताहरु छन् । जसलाई तोड्न हामी सक्दैनौ । हाम्रो समाज एक दिनमा परिवर्तन हुदैन  र हुन खोज्यो भने हामी त्यसलाई हुन दिदैनौ । म नै दिन्न ।  यो बास्तबिकता हो । हाम्रो सम्पति यहि हो । हाम्रो आदर्श यहि हो । युगौ देखि अर्जेको हाम्रो पहिचान यहि हो । अनि, एउटा सानो आवश्कताको लागि हामी किन हामीलाई गुमाउँछौ र ! बरु, लुकि छिपि हामी नियम हरु नाघी दिन्छौ । समयसँगै, बिचार सँगै उम्रेका रहरहरु पूरा गरेर ढिलो चाँडो हामी फर्किन्छौ हाम्रा मान्यताहरुमा ।   मलाई थाह छैन, भोली हाम्रो मान्यता के हुन्छ । आजको सत्य यहि हो । मेरो सत्य यहि हो । म यसै मा छु ।

 

काठमाण्डौका देवता हरु सुर्योदय अगाडि नै उठिसकेका थिए । म भित्र को देवता ले मलाई उठायो ।

उ सुतिरहेकि थिई  ।  निश्चल, निर्मल । मैले उसमा कुनै दोष देखिन । कुनै छल देखिन ।उसले मलाई सुखी बनाई ।  म त्यो रात को मीठो सम्झना लिएर हिड्न लागे । अफ्ठ्यारो मानेर उसले अलि ढिलो जान मिल्छ भन्ने अनुरोध राखी ।

 

 

हो, मलाई त्यही क्षण उ प्रति अथाह माया लागेर आयो ।  मैले उसंग रात बिताई सकेको थिए । माया र सेक्स एक अर्कासंग निहित हुन्छन् । एउटा बिना अर्को अपुरो हुन्छ । तर पनि, यदि, सेक्सलाई पूरै  हटाएर संसारमा माया संम्भव छ भने, मलाई त्यो क्षणमा त्यस्तो माया लागेर आयो, बबिता प्रति । a tiny feeling of love where there is no existence of sex. मेरो उसंगको रात भरिको संसर्ग म बाट एक भुगोल पर भयो, त्यो निमेषमा र माया जागेर आयो । मलाई आफ्नो धरातल र कर्म प्रति पहिले चोटि अफ्ठ्यारो लाग्यो ।

 

 

उसले किन एक छिन ढिला जाउँ भनेर भनि, मलाई स्पष्ट थियो । उ लोग्ने मान्छे थिईन । म लोग्नेमान्छेको प्रतिनिधि थिए ।  महरु बाट उब्जेको ब्यबहार देखियो  । यदि आवश्कताहरु दुबै को भए, हाम्रा मान्यता छिट्टै परिबर्तन हुन्छन्, हुन पनि पर्छ । तर आबश्कता र बाध्यता को बिचमा मैले कारोबार गरे  जस्तो भयो  मलाई राम्रो लागेन । यो नहुन पनि सक्थ्यो । तर मेरो अनुमानले मलाई पिरोल्यो ।

 

बिचारहरु कति सापेक्षिक हुन्छन, रातको अघिल्लो कुनामा मलाई मीठो लागेको मेरो मान्यता झिसमिसेमा खल्लो लाग्यो । बबितालाई यो मान्यताको स्वाद एउटा होला । अर्को लोग्ने मान्छेलाई अर्को । बिवाहित लाई एउटा, नारीलाई अर्को  ।

 

चिया संगै उ बिदा भई । म पनि ।

 

मलाई बबिताको बारेमा जान्न मन लाग्यो । मलाई बबिताको नाम  जान्न मन लाग्यो  । मलाई बबिता को हो जान्न मन लाग्यो । मलाई बबिताको सत्य जान्न मन लाग्यो । किन उपलब्ध भई उ मेरा लागि, महरुका लागि । मनले नचाहेको भएपनि उसले आफुलाई पस्की, महरु सामु । यो पनि हुन सक्छ,  उसले महरु लाई खोजि । मेरा जस्तै उसका पनि आवश्कता हरु जागे । जे पनि हुन सक्छ । तर मेरालागि यो दुई मा के हो भनेर जान्न जरुरी भयो । कारण दोस्रो हुँदा मलाई ढुक्क हुन्थ्यो ।  बिचार हो, म उसंग को समयलाई मीठो सम्झनाको रुपमा राख्ने थिए  । अनि उसले पनि शायद ।  तर होईन, यदि कारण पुरै पहिलो भए, म आफुलाई त्यहि हुलमा भएको पाउँथे, जहां म जस्ता कयौ महरु यौवन किनि रहन्छन । जहां कयौ बबिताहरु आर्थिक आवश्कता को नाम संगै आफ्ना रातहरु बेचिरहन्छन । यो काठमाण्डौं हरु को सत्य हो । यो महरु को सत्यो हो । यो बबिताहरु को सत्य हो ।

 

त्यो बेला त्यस्तै भयो । दैनिकि ले छोप्यो । बिचार त्यसै सेलाएर गएको थियो । फेरि मैले रात बिताएकि केटिको सोधिखोजि दिन मा गर्न मलाई मेरो प्रतिष्ठाले कहां दियो र !

 

 

माईक्रोमा उसलाई देखेको दिन त्यसै बित्यो । हप्ता बित्यो । महिना हुन लाग्यो । तर पनि उसलाई देखेपछि, पुराना जिज्ञासा फेरि जान्न मन लाग्यो । एकदिन उहि पुरानो साथीलाई फोन लगाए । बबिता को बारेमा जान्न मन लाग्यो । उसैले भन्यो । बबिता ले काम छोडि रे । फोन न. पनि छैन रे । ४ महिना भयो रे, उसले कामछोडेर मलेशिया गएको । साथीले नै भन्यो । यहां मोज गरी, मलेसिया गई । यहि निचोड दियो उसले बबिता को ब्यक्तित्व लाई । मैले सुने । सुनि रहे । मलाई अप्ठ्यारो भयो । मेरो अधुरो अनुमान, लगभग सत्य भएको थियो । उ यहि शहर मा थिई । र पनि उसको बबिता भन्ने ब्यक्तित्व मलेशिया पठाई । काठमाण्डौमा यादहरु छोडेर । यो उसको सत्य हो ।

 

बबिता भन्दा राम्री छे, genuine, जान्छस त??

साथीले झस्कायो ।

म आधा सत्यमा थिए । मैले हुन्छ पनि भनिन  हुन्न पनि !!!

 

 

 

 

यति नै !

meaninglessthinkings@somewhereondearth

 


 
Posted on 09-27-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Extremely wonderful story.

 

I am your fan.

 

SateLite


 
Posted on 09-27-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wonderful ! word skills and story - both 10/10..
 
Posted on 09-27-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why did she send herself to Malesia?

Why the narrator thinks he is so important to her life? Is the narrator trying to tell us that he is so important that even an hooker cares of him?

What changes did a narrator caused such that she had to change her profession? Just because he saw her in the Bus? She might even have regular customers. Since sening same man many times did not force her to change her profession, why seeing the narrator bring about such a cahnge in Babita?

In reality, Babita really went to Malesia. That's what Babita's do. Search for a life of respect. Stricken by the unfulfilled sexual desire, the babita that the narrator saw is just the figment of his imagination. :)

 

 


 
Posted on 09-29-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramro katha.
 
Posted on 10-14-08 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dai plzzzzzzzzzzz यो कथा बिचमा नछोड्नुस् ,u r striking gold

 
Posted on 11-14-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is a complete story,, so plz,, dont add anything,,,perfect,,,sabda haru mittho ra markik 6,,,perfect,,,by the way where r u living now these days


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters